चन्दलाई १ लाख

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
सुर्खेत, ३ असार ।
    रामघाट गाविस—४ का रामबहादुर चन्दलाई एक लाख रुपैयाँ उपहार परेको छ । बजाज मोटरसाइकलमा ‘बजाज छुटको लुट’ योजना अन्तर्गत चन्दलाई एक लाख उपहार परेको हो ।
    आइतवार बजाजको सुर्खेत डिलर असिम अटो वक्र्समा आयोजित एक कार्यक्रममा सुर्खेत उद्योग बाणिज्य संघका अध्यक्ष पदमबहादुर शाहीले चन्दलाई एक लाखको चेक हस्तान्तरण गरे । कार्यक्रममा बजाजका प्रतिनिधि प्रकाश शर्माले ग्राहकलाई प्रदान गरिएको उपहार विशेष प्रकारको रहेकोले यसले खुशी प्रदान गर्ने बताए । उपहार विजेता चन्दले पुरस्कार पाउँदा निकै हर्ष लागेको बताए ।
    असिम अटो वक्र्सका संचालक लक्ष्मण कँडेलले यही असार ७ गतेसम्म बजाज मोटरसाइकको खरिदमा दैनिक एक लाख उपहार पर्ने जानकारी दिए । 

No comments:

Post a Comment