सुर्खेत, ३ असार ।
जिल्ला स्वास्थ्य कार्यालय सुर्खेतको आर्थिक सहयोग तथा असल शासन क्लब जिल्ला समन्वय समिति सुर्खेतको आयोजनामा प्राथमिक स्वास्थ्य केन्द्र अवलचिङमा सार्वजनिक लेखापरीक्षण कार्यक्रम आइतवार सम्पन्न भएको छ ।
कार्यक्रममा संस्थाले प्रदान गरिरहेको सेवाको गुणस्तरका बारेमा छलफल भएको छ । साथै कार्यक्रमबाट स्वास्थ्य केन्द्रमा रिक्त रहेको डाक्टर स्टाफ नर्सको दरबन्दि पुरा गर्नका लागि जिल्लामा डेलिगेशन जाने लगायतका ३ वटा कार्ययोजना समेत बनेको छ । जिल्ला स्वास्थ्य कार्यालय सुर्खेतको आर्थिक सहयोग तथा असल शासन क्लब जिल्ला समन्वय समिति सुर्खेतको आयोजनामा प्राथमिक स्वास्थ्य केन्द्र अवलचिङमा सार्वजनिक लेखापरीक्षण कार्यक्रम आइतवार सम्पन्न भएको छ ।
कार्यक्रममा प्राथमिक स्वास्थ्य केन्द्र अवलचिङका कर्मचारी,राजनितिक दलका प्रतिनिधि, स्वास्थ्य व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक महिला स्वास्थ्य स्वयं सेविका, सर्वसाधारण गरी २८ जनाको सहभागिता रहेको थियो ।
कार्यक्रम असल शासन क्लब जिल्ला समन्वय समिति सुर्खेतका सहजकर्ता घनश्याम केसीको सहजीकरणमा सम्पन्न भएको हो ।
No comments:
Post a Comment