नेपालगन्ज, ४ असार ।
बाँके जिल्लाका विभिन्न गाविसमा एक साताअघि भएको आगलागीबाट ३ सयभन्दा बढी परिवार घरवारविहीन भएका छन् । आगलागीबाट घरवारविहीन भएका पीडितलाई जिल्ला प्रशासन कार्यालयले नगद, रेडक्रसले त्रिपाल, कम्बल, भाँडाकुँडा र बाँके युनेस्को क्लबले चिउरा र सख्खर उपलव्ध गराएपनि त्यो सहयोग अपर्याप्त भएको छ । एक साताभित्र जिल्लाको मटहैया, इन्द्रपुर गाविसमा भएको भीषण आगलागीमा परी एक वृद्धको मृत्युसमेत भएको थियो । आगलागीबाट २ सय ७५ घर र गोठ खरानी भएको बताइन्छ । त्यसैगरी जिल्लाका अन्य केही गाविस र नेपालगन्ज बजारमा समेत छिटपुट आगलागी भएको थियो ।
पीडित परिवारलाई थप राहत उपलब्ध गराउने प्रयास भइरहेको र त्यसका लागि स्थानीयस्तरमा सरकारी तथा गैरसरकारी निकायसंग सहयोग जुटाउने विषयमा छलफल भइरहेको निमित्त प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले जानकारी दिए ।बाँके जिल्लाका विभिन्न गाविसमा एक साताअघि भएको आगलागीबाट ३ सयभन्दा बढी परिवार घरवारविहीन भएका छन् । आगलागीबाट घरवारविहीन भएका पीडितलाई जिल्ला प्रशासन कार्यालयले नगद, रेडक्रसले त्रिपाल, कम्बल, भाँडाकुँडा र बाँके युनेस्को क्लबले चिउरा र सख्खर उपलव्ध गराएपनि त्यो सहयोग अपर्याप्त भएको छ । एक साताभित्र जिल्लाको मटहैया, इन्द्रपुर गाविसमा भएको भीषण आगलागीमा परी एक वृद्धको मृत्युसमेत भएको थियो । आगलागीबाट २ सय ७५ घर र गोठ खरानी भएको बताइन्छ । त्यसैगरी जिल्लाका अन्य केही गाविस र नेपालगन्ज बजारमा समेत छिटपुट आगलागी भएको थियो ।
गर्मी महिना सुरु भएपछि यस जिल्लाका दूरदराज ग्रामीण वस्तीमा साना–ठूला आगलागीका घटना भइरहेपनि नेपालगन्ज नगरपालिका कार्यालयअन्तर्गतको बारुण यन्त्र प्रभावकारी हुन सकेको छैन । करिब दुई दशक पुरानो बारुण यन्त्रको दुई दमकल अत्यन्त जीर्ण रहेकाले समयमा आगलागी भएको स्थानमा पुग्न नसक्ने र पुगी हाले पनि त्यसले प्रभावकारीरूपमा आगो निभाउन नसक्ने स्थिति रहेको सो कार्यालयका प्रमुख रञ्जित श्रेष्ठको दु:खेसो छ ।
No comments:
Post a Comment