सुर्खेत, १५ असार ।
महिलाहरु आफ्नो स्वास्थ्य सम्वन्धि समस्याबारे अझै खुल्न नचाहने वीरेन्द्रनगरमा आयोजित एक कार्यक्रमका सहभागिहरुले बताएका छन् । जिल्ला महिला समन्वय समिति सुर्खेतको सहयोग तथा नव चेतना संचार सहकारी संस्था सुर्खेतले शुक्रवार आयाजना गरेको महिलाको स्वास्थ्य अवस्था र संचारकर्मीको भूमिका विषयक अन्तरक्रियाका सहभागीहरुले यस्तो बताएका हुन् ।
जिल्ला विकास समितिका योजना अनुगमन तथा प्रशासकीय अधिकृत कृष्णप्रसाद खरेलले महिलाले आफ्ना समस्या बाहिर ल्याउन नचाहने भएकाले विभिन्न समस्या आइपरेको बताए । महिलाहरु आफ्नो स्वास्थ्य सम्वन्धि समस्याबारे अझै खुल्न नचाहने वीरेन्द्रनगरमा आयोजित एक कार्यक्रमका सहभागिहरुले बताएका छन् । जिल्ला महिला समन्वय समिति सुर्खेतको सहयोग तथा नव चेतना संचार सहकारी संस्था सुर्खेतले शुक्रवार आयाजना गरेको महिलाको स्वास्थ्य अवस्था र संचारकर्मीको भूमिका विषयक अन्तरक्रियाका सहभागीहरुले यस्तो बताएका हुन् ।
महिलाका स्वास्थ्य समस्याप्रति सबै सरोकारवालाहरु गम्भीर हुनुपर्ने बताउँदै उनले महिलाको स्वास्थ्य स्तरलाई माथि उठाउन र उनीहरुको विकास गर्न सवैले सकारात्मक धारण बनाउनुपर्ने बताए ।
कार्यक्रममा जिल्ला महिला समन्वय समिति सुर्खेतकी उपाध्यक्ष हरिमाया शर्माले रुढीवादी परम्परालाई हटाई महिलाहरुलाई सामाजिक, राजनीतिक, आर्थिक, सांस्कृतिक हिसावले माथि उठाउनका लागि संचारकर्मीको भूमिका महत्वपूर्ण रहने बताइन् । सदियौंदेखि राज्यबाटै पछाडि पारिएका महिलाहरुलाई सिपमुलक र आयमुलक तालिमको आयोजना गरी सकारात्मक सोचको विकास गर्न आवश्यक रहेको उनको भनाइ छ ।
यौन शोषण र घरेलु हिंसाको शिकार बन्दै आएका महिलाहरुका स्वास्थ्य समस्या वाहिर ल्याउन पत्रकार महिलाहरुले विषेश भूमिका खेल्नुपर्ने उनले जिकिर गरिन् ।
नव चेतना संचार सहकारी संस्थाकी कोषाध्यक्ष चन्द्रा वलीको अध्यक्षतामा भएको कार्याक्रममा संस्थाका सदस्य धर्मराज जिसीलगायतले आफ्नो धारणा राखेका थिएभने गणेशकञ्चन भारती छलफल प्रतिवेदन पस्तुत गरेका थिए ।
No comments:
Post a Comment