दुर्घटनामा एकको मृत्यु

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
सुर्खेत, २ असार ।
    सुर्खेत–दैलेख सडकखण्ड अन्तर्गत कटकुवा नजिक शनिवार विहान ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । रानीमत्ताबाट वीरेन्द्रनगर आउँदै गरेको भे १ त २२५४ नम्वरको ट्याक्टर कट्कुवा नजिक दुर्घटना हुदाँ ट्याक्टर चालक दैलेखका ४२ वर्षीया रामबहदुर कामीको मृत्यु भएको हो । ट्याक्टरको व्रेक फेल भएपछि सडकदेखि करिव एक सय मिटर तल खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
    दुर्घटनामा ट्याक्टर सहचालक लक्ष्मीनाथ थापा घाइते भएका छन् । घाइते थापाको स्थानीय माया नर्सिङ होममा उपचार भइरहेको ट्राफिक प्रहरी निरीक्षक कृष्ण सापकोटले बताए । चालक रामबहादुरको शव पोष्टमार्टमका लागि क्षेत्रीय अस्पताल कालागाउँ लगिएको प्रहरीले जनाएको छ । उक्त स्थान नजिकै केही महिना अगाडि पनि ट्याक्टर दुर्घटना भएको थियो ।

No comments:

Post a Comment