कञ्चनपुर, १४ असार ।
कञ्चनपुरको सुडा सुन्दरपुरमा रहेको क्षेत्रीय माटो प्रयोगशालाको माटो जाँच गर्ने मेसिन बिग्रिएर एक दशकदेखि ल्याबको स्टोरमा थन्किएको छ । मेसिन बिग्रिएपछि सेवाग्राहीलाई सेवा उपलब्ध गराउन कार्यालयलाई समस्या परेको छ । जापानी सहयोग नियोग जाइकाको रु. १२ लाखको लागतमा माटो जाँचका लागि ल्याइएको उक्त मेसिन एक दशकअघि बिग्रिएर ल्याबमै थन्किएको हो ।
कैलालीबाट कार्यालय सार्ने क्रममा मेसिनमा खराबी आएको प्रयोगशालाका माटोविज्ञ वामदेव पनेरुले बताए । उनका अनुसार मेसिनको भ्याकुम पम्पको कम्प्रेसरमा खराबी आएको छ । कञ्चनपुरको सुडा सुन्दरपुरमा रहेको क्षेत्रीय माटो प्रयोगशालाको माटो जाँच गर्ने मेसिन बिग्रिएर एक दशकदेखि ल्याबको स्टोरमा थन्किएको छ । मेसिन बिग्रिएपछि सेवाग्राहीलाई सेवा उपलब्ध गराउन कार्यालयलाई समस्या परेको छ । जापानी सहयोग नियोग जाइकाको रु. १२ लाखको लागतमा माटो जाँचका लागि ल्याइएको उक्त मेसिन एक दशकअघि बिग्रिएर ल्याबमै थन्किएको हो ।
मेसिन बिग्रिएपछि विभागमा पटकपटक जानकारी गराउँदासमेत बेवास्ता हुँदै आएकाले सेवाग्राहीले समस्या भोग्नु परेको माटोविज्ञ पनेरुले बताए । वैकल्पिक उपाय अपनाएर माटो जाँच गर्नु परेकाले बढी समय लाग्ने हुँदा सेवाग्राहीले हैरानी व्यहोर्नु परेको कार्यालयका नायब प्राविधिक सहायक हेमप्रसाद न्यौरेले बताए । वैकल्पिक रूपमा क्याथोड ल्याम्पको सहयोगले टाइटसेन प्रविधिबाट माटोको परीक्षण गर्दा बढी समय लाग्ने र झन्झटिलो हुनुका साथै काम गर्नसमेत अप्ठेरो रहेको उनको भनाइ छ ।
No comments:
Post a Comment