![]() |
| खगेन्द्र पुरी |
कुनैपनि समाजलाई राम्रोसंग बझ्न र विश्लेषण गर्न त्यहा बस्ने व्यक्ति वीचको समानता र भिन्नता बुझ्नु जरुरी हुन्छ । जस्तो कि समाजलाई बुझ्न महिला र पुरुषको शारीरिक भिन्नता र सामाजिक भिन्नतालाई बुझ्नु जरुरी हुन्छ । नेपाली व्याकरणमा पहिलेदेखि लैगिंक शब्दलाई लिंग बुझाउन प्रयोग हुँदै आएको छ । जस्तो: पुलिंग र नपुसक लिंग भनिनु लैंगिंकतालाई प्राकृतिक शब्द बुझाइमा उल्टो सामाजिक शब्द र बुझाइमा प्रयोग गर्ने कामको सुरुवात हाल आएर नारीवादीहरुले गरे । लैगिंकतालाई सामाजिक रुपमा बुझ्ने र विश्लेषण गर्ने कार्यको सुरुवात सन् १९७० तिर भएको देखिन्छ । बेलायती नारीवादी ऐन ओकलेले आफ्नो किताबमा लिंग लैगिंकता र समाज ९क्भह, न्भलमभच ७ क्यअष्भतथ० नारीत्व र पुरुषत्को सामाजिक विश्लेषण गरेकी छन् । यसैगरी कमला भाषिनाले लैंगिकताको बुझाई ९ग्लमभचकतबलमष्लन न्भलमभच० मा लिंग र लैंगिकता फरक हो भनि परिभाषित गरेकी छन् ।
लिंग महिला र पुरुष विचका शारीरिक परिचय हो । महिला र पुरुष शारीरिक हिसाबले धेरै समान हुन्छन् । खासगरी यौनजन्य पक्षमा भिन्नता रहेको छ । जस्तै बच्चा जन्मदा भिन्दै यौन अंग लिएर जन्मन्छ जसबाट हामी छोरा वा छारी भनि छुट्याउँछौं । साथै अस्पष्ट यौनअंग लिएर जन्मनेलाई तेस्रो लिंगी पनि भनिन्छ । धेरै संख्यामा हुने भएकोले चर्चा कम गरिन्छ । जस्तो कि शारीरिक भिन्नतामा बनावट जैविक गुण र यौन जन्य रहेको छ । महिलामा पाठेघर र स्तन पुरुषमा अण्डकोष, जु·ा, दाह्री आदि हुन्छ । जैविक भिन्नतामा ह्ह् क्रोमोजोम महिलामा र ह्थ् क्रोमोजोम पुरुषमा हुन्छ जसले बच्चाले लिंग निर्धारण गर्छ । महिलामा महिलाजन्य अन्तस्रावको मात्रा बढी हुन्छ भने पुरुषमा पुरुषजन्य अन्तस्राव बढी हुन्छ । जसले दुवैलाई अंगहरुको विकास र क्षमता बढाउने गर्दछ । लैंगिकता सामाजिक परिचय हो । समाजले महिला र पुरुषलाई दिएको भूमिका, सम्बन्धसंगै लंैगिकता हो । सामाजिक, आर्थिक धार्मिक र राजनीतिक परिवर्तन संगसंगै समाजमा महिला र पुरुषको भूमिका र सम्बन्ध परिवर्तन भइरहन्छ । पुरुषको काम बाहिर र महिला धरभित्र गर्ने सहकार्यले समाज अगाडि बढेको छ । यसैअनुसार कामको बाँडफाँड पनि गर्ने जस्तै, साहसी बलियो, निर्णय लिनसक्ने काममा पुरुष र लजालु, कोमल, ममता र घरमा दक्ष महिलालाई भूमिका बाडिएको छ । मानव समाजको निरन्तताको लागि धर्म, संस्कृति, भाषा, मूल्यमान्यता रीतिरिवाज, चालचलन, व्यवहार, ज्ञान, सीप एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुन्छ । यही सिकाइको हस्तान्तरणबाट सामाजिक नियम चलेको छ ।
यो समाजमा पुरुषले आफ्नो स्थानमाथि राख्न महिलालाई कही बोक्सीको आरोपमा, कही दाइजोको निहुँमा कही छोरा जन्माउन नसक्नेको रुपमा, कही पुरुषपना देखाएको निहुँमा हिंसाको शिकार बन्नु परिरहेको छ । यदि अन्तरमन र हृदयबाट सोच्ने होभने महिलाको काम, जिम्मेवारी, धैर्यता, अडिगपना, ममतामयी व्यक्तिलाई सलाम गर्नुपर्ने होइन र ? आखिर विभेद किन प्रकृतिले त भेदमात्र बनायो सब मानिसले भेदभाव गर्ने तरिका सिकाए । जस्तोकि एकैएक थरको पुरुषले रु. १०,००० मासिक कमाउनभने उसलाई त्यो रकम कमाउन सक्ने गराउनमा महिलाको ठूलो हात रहन्छ । त्यो पैसालाई कतै कपडामा कतै खानामा, कतै इन्धन खर्चमा, कतै शिक्षामा निस्वार्थी भएर बदल्ने काम त महिलाले गरेको हुन्छ । साथै भर्खर जन्मिएको बच्चालाई उसको लिंग यौन अंग ढाकेर जो कसैलाई साधेपनि उत्तरमा अन्कनाउनु पर्दछ । पछिमात्र कपडा, घरको व्यवहार माया, ममता, खेलौना आदिबाट उसलाई महिला र पुरुष बनाउने गरिन्छ ।
यदि एउटा महिला विवाह गर्छिन् तब उनको परिवार समाजबाट टाढा रहनुपर्ने अर्काको इच्छा अनुसार चल्नुपर्ने, जबरजस्ती पनि यौन इच्छा परा गरिदिनु पर्ने, पढाइमा बाधा पुग्ने, साथीसंगीदेखि टाढा रहनुपर्ने, दाइजो ल्याउनपर्ने तर विवाहको जन्तिमा दुलहाको साथमा त्यति धेरै व्यक्तिहरु उसलाई लिन जान्छन् तर दुलही एक्लै नयाँ घरमा आउने साहसमा के महिला साहसी होइनन् ? हाम्रो जीवनको जन्मबाट सुरु भएर मृत्युसम्म महिला पुरुष भनेर महिलालाई पुरुष भन्दा कमजोर गराउने प्रयास गरिन्छ । आखिर यो त न भगवानले बनाएर पढाएको रीति हो न त कानुन नै हो । यो त हामी हाम्रो समुदायले नै विकसित गरेको विभेद हो यस विभेदलाई हामीले बदल्न जरुर सक्छौं । मात्र हामीमा अन्तरमनदेखि इच्छा, चाहना र अभिलाषा हुनुपर्छ । लिंगकै आधारमा गरिने भेदभावले गर्दा हाम्रो समुदाय र राष्ट्रमा समतामुलक समाजको निर्माण हुन सकिरहेको छैन । प्रकृतिले त महिलालाई मात्र बच्चा जन्माउने अधिकार दिएको छ जबकि पुरुषलाई महिलाले यो अधिकारको प्रयोग गरी अफू अनुकूलको वातावरण बनाउने सन्तानको जन्मदिनका लासगि लाग्नुवपर्छ यसमा सम्पूर्ण पुरुषहरुल्े पनि साथ सहयोग गर्नुपर्छ । समाजले गर्ने हरप्रकारका भेदभाव चाहे सानो होस् चाहे ठूलो परिवर्तन गर्न तपाई हामी सबै लाग्नुपर्छ ।

No comments:
Post a Comment