सुर्खेत, २४ असार ।
नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले विघटित संविधानसभा बचाउन एमाले र कांग्रेसले भरमग्दुर प्रयास गरेको दावी गरेका छन् । उनले जेठ १४ गते राती साढे १० बजेसम्म एमाले र कांग्रेसले जनताको उपलव्धीहरु संरक्षण गर्नका लागि संविधानसभा बचाउन अथक प्रयास गरेको तर एमाओवादीले नै हठात विघटन गराएको जिकिर गरे ।
भेरी अंचलस्तरीय अगुवा कार्यकर्ता भेलालाई आइतवार सम्बोधन गर्दै उनले हरेक सहमति र सम्झौतामा एमाओवादी नमान्दा संविधानसभा संविधान नै जारी नगरी विघटन भएको बताए । अन्तिम समयमा संकटकाल लगाएर ६ महिना संविधानसभाको म्याद थप गर्न एमाले कांग्रेस सहमति भएर प्रधानमन्त्री बाबुराम भट्टराईलाई भेट गर्न जाँदा माओवादी अध्यक्ष प्रचण्डले त्यसको औचित्य सकियो भनेपछि संविधानसभा विघटन माओवादीले नै गराएको ठोकुवा उपाध्यक्ष गौतमले गरे । उनले दलहरुको सहमति विना निर्वाचनको मिति तोकिनु माओवादीको सत्ता कव्जा गर्ने रणनीतिक चाल भएको आरोप लगाए । बाबुराम र प्रचण्डको ढिपीले गर्दा मुलुक संकटमा फसेको बताउँदै उपाध्यक्ष गौतमले माओवादीले नै आदिवासी जनजातिलाई उक्साउन लगाएको, संविधानसभामा आएका विवाद समाधान गर्न पहल नगरेको जिकिर गरे ।नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले विघटित संविधानसभा बचाउन एमाले र कांग्रेसले भरमग्दुर प्रयास गरेको दावी गरेका छन् । उनले जेठ १४ गते राती साढे १० बजेसम्म एमाले र कांग्रेसले जनताको उपलव्धीहरु संरक्षण गर्नका लागि संविधानसभा बचाउन अथक प्रयास गरेको तर एमाओवादीले नै हठात विघटन गराएको जिकिर गरे ।
राष्ट्रिय सहमतिका लागि नेकपा एमालेले स्पष्ट अडान लिएको उनले बताए । मुलुकको राष्ट्रियता बचाउन एमालेले सवै जातजातिलाई बराबर सम्मान दिने बताउँदै तर मुलुक टुक्राउने एकल जातीय प्रदेश नमान्ने उल्लेख गरे । अहिलेको मुलुकको संकट आउनुको मुख्य जिम्मेवार नै माओवादी भएको उनको ठम्याइ छ ।
यसैगरी नेकपा एमालेका पोलिट्व्युरो सदस्य एवं प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले माओवादीको सर्वसत्तावाद, प्रेसमाथिको दमन, राज्यकोषको ब्रह्मलुट, दण्डहीनता फैलाइरहेकोले त्यसका विरुद्ध उत्रन आवश्यक रहेको बताए । उनले अहिलेसम्म उपलव्ध लोकतन्त्र, गणतन्त्र, संघीयता, शान्ति प्रक्रिया, सामाजिक सद्भाव धरापमा परेको औंल्याउँदै उनले धरापमा पार्न माओवादी नै उद्दत रहेको आरोप लगाए ।
उनले एकीकृत नेकपा माओवादी मन नलागी नलागी शान्ति प्रक्रियामा आएको बताउँदै ऊ अझै पूर्णरुपमा रुपान्तरण हुन नसकेको पनि उल्लेख गरे । आदिवासी जनजातिका केही नेताहरुले नयाँ पार्टी खोल्ने विषयप्रति टिप्पणी गर्दै उनले भने, ‘उनीहरुले नयाँ पार्टी खोल्नु भनेको जग हँसाइ मात्र हो ।’ त्यस्तै पार्टीभित्रै केही विवाद भएपनि त्यो सामान्य भएको जनाउँदै उनले नेतृत्व पक्षहरु बसेर समाधान गर्न सकिने बताए ।
त्यस्तै एमालेका केन्द्रीय सदस्य प्रकाश ज्वालाले संघीयतासम्वन्धी अवधारणा राख्दै स्रोत र साधनको समान वितरण, समान पहिचान, जातीय सद्भाव नविथोलिने संघीयता नै मुलुकका लागि हितकर हुने जिकिर गरे । त्यसैगरी केन्द्रीय सदस्य लालबाबु पण्डितले आदिवासी जनजातिहरुको आन्दोलन उठाउन अर्बौं रकम खर्च गरिएको आरोप लगाए । उनले नेकपा एमाले जातीय राज्यको पक्षमा नभएको दावी गर्दै मुलुकको सद्भाव खल्बलाउन उद्दत हुनेहरु आफै समाप्त हुने चेतावनी दिए ।
एमालेका केन्द्रीय सदस्य एवं भेरी अंचल इन्चार्ज देवराज भारको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा वोल्ने बक्ताहरुले पार्टीलाई सुदृढ बनाउन, मुलुकको समस्या समाधान गर्ने पहिलो पार्टी बनाउने बताएका थिए । भेलामा सुर्खेतसहित बाँके, बर्दिया, दैलेख, जाजरकोट जिल्लाका करिव ३ सय अगुवा कार्यकर्ताहरुको सहभागिता रहेको छ ।
No comments:
Post a Comment