किन भयो नयाा माओवादीको जन्म ?

  • ईश्वर सुनार ‘ज्योति’
आज देश राजनीतिक अनिश्चयको संकटबाट गुज्रिरहेको छ । एकातिर देश राजनीतिक अनिर्णयको बन्दी बनिरहेको छभने अर्कोतिर राजनीति र देशका जिम्मा लिएका राजनीतिक दलहरुको विभाजन र फुटले जनता आक्रान्त र स्तव्ध भएका छन् । संविधान सभाको सवभन्दा ठूलो दल एकीकृत नेकपा (माओवादी) औपचारिकरुपमा विभाजन भएको छ । र अझ कांग्रेस, एमालेलगायत ठूला दल पुन: विभाजनको संघारमा पुगिसकेका छन् । मधेसवादी क्षेत्रीय दल झन कुरै नगरौं । आखिर किन पार्टीहरु विभाजन हुन्छन् त्यो पनि सत्तामा पुगेपछि । यहाँ विशेषगरी अरु पार्टी विभाजनको कुराभन्दा पनि किन भयो एनेकपा माओवादी विभाजन र किन पर्‍यो अर्को नेकपा–माओवादी पार्टीको आवश्यकता भन्ने विषयमा चर्चा गर्न खोजिएको छ ।
    जतिबेला तत्कालीन नेकपा (माओवादी) ले २०५२ साल फागुन १ गते सशस्त्र संघर्षको शंखघोष गर्‍यो, त्यसभन्दा अगाठि ४० बुँदे माग तत्कालीन देउवा सरकार समक्ष राखेको थियो । ४० बुँदे मागमा जनतन्त्र जनजीविका र राष्ट्रियता गरी ३ वटा विषयका माग समेटिएका थियो । सो मागको विषयमा कुनै सुनुवाई नभए फागुन १ गतेबाट सशस्त्र संघर्ष गर्ने घोषणाको च्यालेन्ज सरकारलाई सोही मागपत्र बुझाउने बेला गरिएको थियो । मागका विषयमा तत्कालीन शेरबहादुर  देउवाको सरकार संवेदनशील नभएपछि तत्कालीन नेकपा (माओवादी)को नेतृत्वमा सशस्त्र संघर्ष सुरुवात भएको थियो । त्यो सशस्त्र संघर्ष २०६२ सालसम्म चल्यो । र त्यसपछि शान्तिप्रक्रिया हुदैं आज देश एनेकपा माओवादी पार्टी विभाजनको तितो सत्यमा उपस्थित छ । आज एमाओवादी विभाजन हुनुको पीडाले  निश्चितरुपमा सर्वसाधारण (जसले माक्र्सवाद सशस्त्र संघर्ष सर्वहार वर्गको अधिनायकत्वको कुरालाई बुझेको छैन ) मुक्तिकामी जनतालाई स्तव्ध बनाएको छ ।
    त्यसैगरी शुभचिन्तक, समर्थक कार्यकर्ता जसले बैचारिक सैद्धान्तिकको कुरा छोडेर आदर्शवादी एकताको कुरामात्र बुझेको छ, उसलाई पनि स्तव्ध तुल्याएको छ । पार्टी एकताको पवित्रा भावना राख्ने यी जनसमुदाय शुभचिन्तक, समर्थकप्रति नजरअन्दाज गर्न सकिन्न तर पनि अहिले बुझाउनु र बुझ्नु पर्ने कुरा के छभने हाम्रा अगाडि दुई वटा विकल्प छन् । १. पार्टीभित्र मौंलाउदै र्गको बैचारिक विचलन सैद्धान्तिक स्खलन, व्याप्त भ्रष्टाचार मूल्य मान्यता विपरित सांस्कृतिक आचरण जीवनशैलीप्रति चुप लागेर जे नेतृत्व गर्छ भन्छ त्यसलाई मौन स्वीकृति समर्थन गर्ने एउटा बाटो यो थियो–जो एकीकृतमा रहेका साथीहरुले गरिरहनुभएको छ । २. त्यसका विरुद्ध पार्टीभित्र बहस छलफल एकता संघर्ष रुपान्तरणको विधिबाट पार्टीलाई क्रान्तिकारी ढंगले अगाडि बढाउने । यदि पार्टी रुपान्तरणको गतिमा अगाडि बढेनभने त्यहाँबाट निर्णायक सम्वन्धविच्छेद गरेर भएपनि अगाडि बढ्ने र एउटा क्रान्तिकारी विचार पार्टि र संगठन बचाइराख्ने कुरा थियो । हामीले दोस्रो विकल्प रोज्यौं । तर यहाँ विचारणीय कुरा के छभने यतिकै लहर र सनकमा आएर हठातमा यो विकल्प हामीले रोजेका होइनौं । यसमा लामो बैचारिक संघर्ष चल्यो र एकता संघर्ष रुपान्तरणको विधिबाट अगाडि बढ्नको लागि धेरै प्रयास गरियो । हामी इतिहासलाई अध्ययन गर्‍यौं भने अथवा माओवादी आन्दोलनको सिंगो पृष्ठभूमितिर फर्केर हेर्‍यौं भने मात्र थाहा हुन्छ, अहिलेको नव संशोधनबादको विरुद्ध सही वा गलत । एकपटक इतिहास संक्षिप्त अध्ययन गरौं ।
    माओवादी आन्दोलन २०५२ सालमा सुरु गर्दा सवभन्दा पहिला महत्वपूर्ण प्रश्न हामीले सामन्तको जमीनमा धावा बोलेका थियौं । त्यो नेपालमा सामन्ती भूस्वामित्व कायम छ । मुक्त कमैया, कमलरी, हलीगोठाला, हरुवा चरुवा राख्ने सामन्ती संस्कारका विरुद्धमा जमीन जोत्नेको हुनुपर्छ त्यसका लागि क्रान्तिकारी (बैज्ञानिक) भूमिसुधार हुनुपर्छ भनेको थियो पार्टीले जुन कुरा अन्तरिम संविधानमा पनि सकारिएको छ । तर आज पार्टी नेतृत्व र त्यसको निर्देशनमा चल्ने सरकार क्रान्तिकारी भूमिसुधारको सट्टा सुुकुम्बासी र हिजो कव्जा गरिएका जमीन पुलिस लगाएर फिर्ता गर्ने निर्णय गर्छ । त्यसैगरी अर्को दोस्रो महत्वपूर्ण प्रश्न हाम्रो पार्टीले सवै जनताको अगाडि बुझ्ने गरी भनेको थियो कि हाम्रो देश भारतीय विस्तारवादको चरम उत्पीडनमा छ । सुगौली सन्धीदेखि सन् १९५० मा गरिएका असमान सन्धी विभिन्नकाल खण्डमा गरिएका गण्डक सम्झौता, कोशी सम्झौता, टनकपुर सम्झौता, यी सवै राष्ट्रघाती छन्भनेर हामीले भनेका थियौं । त्यतिमात्र होइन सुस्ता, कालापानीलगायतका देशैभरी ५४ ठाउँमा भएको नेपाली भूमिमाथिको भारतीय अतिक्रमणका विरुद्धमा सुरुङ युद्ध गर्न पर्छ भनेर युद्धकालमा हामीले जनतालाई भन्यौं ।
    तर सरकारमा गइसकेपछि प्रचण्ड
बाबुरामको डिजाइनमा विप्पा जस्तो
राष्ट्रघाती सम्झौता गरियो जसले मजदुर वर्गीय आन्दोलनको भ्यासेक्टोमी (बन्ध्याकरण) नै गरेको छ । एउटा कम्युनिष्ट पार्टी जसले विश्वका मजदुरहरुको नारा दिन्छ यसले मजदुरका विरुद्ध यति ठूलो गद्दारी गर्छ भने त्यो कम्युनिष्ट पार्टी रहन्छ कि रहदैंन ? त्यो पनि एउटा बैचारिक विचलनको नमूना हो । त्यसैगरी विप्पा जस्तै राष्ट्रघाती सम्झौता जुन एमाले कांग्रेससम्म गर्न सकेका थिएिनन् त्यो गरियो । त्यतिमात्र होइन हिजो युद्धमा घाँटी झुल्लिने गरी चिच्याएर भनेका राष्ट्रघाती गण्डक, कोशीलगायतका सम्झौताहरुको अक्षरस: नवीकरण गरियो । यो आत्मसमर्पणको भद्दा नमूना हो जुन सर्वसाधारण नेपाली जनतासम्म सह्ैय हुदैंन ।
    तेस्रो महत्वपूर्ण प्रश्न ामीले जनताको वीचमा भनेको जनवादी व्यवस्थाको सारतत्व भएको जातीय क्षेत्रीय, लिंगीय आदि सवै समस्याका हल गर्न सक्ने संघीयता र धर्म निरपेक्षताको कुरा थियो । जनवादी व्यवस्थाका नीति तथा कार्यक्रमको सारतत्व बोकेको यस्तो खालको व्यवस्थाले मात्र अहिले नेपालको समस्या हल गर्न सक्छ भन्ने पार्टी निर्णय प्रशिक्षण बैठक मात्र हैन र जनताका वीचमा समेत भनिएको थियो तर संविधान निर्माणका क्रममा अन्तिममा आएर हामीले उठाएका अग्रगामी एजेण्डाको बहुमत सावित भइसकेको संविधानसभाको विभिन्न विषयगत समितिको प्रतिवेदन समेतलाई लत्याएर नाम र ठाउँ ठेगाना नभएको अमूर्त ११ प्रदेश संघीयतामा जाने घोषणा गरी संविधानमा राख्ने जो निर्णय पछि लागू गर्ने जस्ता काइते प्रचण्ड
बाबुराम पार्टी र सरकारले अरु पार्टीसंग सम्झौता गर्न पुग्यो । जुन उठाउँदै आएको एजेण्डाको परित्याग नै हो । सम्झौताको नाम गरिएको एउटा दक्षिणपन्थी आत्मसमर्पण यो हो ।
    यस्तै चौथो महत्वपूर्ण प्रश्न सेना समायोजन हो । त्यतिबेला पार्टीले निर्णय गरेअनुसार प्रशिक्षण बैठक र जनताका वीचमा के भनिदैं आएको थियोभने पहिला हामी संविधानसभाबाट संविधान बनाउँछौं । त्यसै संविधानमा राष्ट्रिय सुरक्षा नीति राष्ट्रिय सुरक्षाका अंगहरुको निर्धारण पहिला हुन्छ, त्यसै संविधानमा टेकेर सेना समायोजन गरिन्छ भनियो तर हामीले देख्यौं भैदियो के भने संविधान बन्नभन्दा अगाडि सेना र हतियार बुझाउनुपर्छ भन्ने कांग्रेस एमालेलगायत संसदवादी दलहरुको अगाडि घुँडा टेक्दै प्रचण्ड बाबुराम नेतृत्वले तथाकथित समायोजनको नौंटकी गरेर जनमुक्ति सेनाको व्यारेक नेपाली सेनाबाट नियन्त्रणमा लिन लगायो । सामान्य कार्यकर्ता जसले दुश्मनको यातना अगाडि टिक्न नसकेर हिजो युद्धमा हतियार र सूचनासम्म दियो त्यसैलाई पनि ज्यान लिनेसम्म कारबाही पार्टीले गरेको छ । आज विना उद्देश्य, विना उपलव्धी हतियार बुझाउँदा प्रचण्ड बाबुराम कारबाहीको भागिदार बन्नु पर्छ कि पर्दैन वा वर्गीय आत्मसमर्पणको अर्को नमूना हो ।
    यसरी दक्षिणपन्थी संशोधनवादंराष्ट्रिय आत्मसमर्पणवादंवर्गीय आत्मसमर्पण वादी.नवसंशोधनवाद भनेर परिभाषित
गरिएको । यो नव संशोधनवादसंग पार्टी भित्र भीषण अन्तरसंघर्षको माध्यमबाट मुख्यत: पार्टीलाई रुपान्तरण गर्नका लागि धेरै प्रयत्न भए । पहिलो खरिपाटी भेला, दोस्रो खरिपाटी भेला, पालुङटार बैठक, ३/४ महिने केन्द्रीय समिति बैठक, पोलिट्व्युरो बैठक त्यसका प्रयासहरु हुन् तर कुनै हालतमा प्रचण्ड बाबुराम नेतृत्व रुपान्तरण नहुने भएपछि नवसंशोधनवादका विरुद्ध निर्णायक सम्वन्धविच्छेद गर्नुपर्छ । त्यो नगरिकन अव क्रान्तिकारी विचारको रक्षा हुन सक्दैन भन्ने निष्कर्षका आधारमा नयाँ माओवादीको जन्म भएको हो ।
    अव यहाँ प्रश्न उठाउने गरिएको छ–१. बैद्य पक्षले पार्टी फुटाए । २. बैद्यले पार्टि र क्रान्तिको नेतृत्व गर्न सक्छन् ? यहाँ विचारणीय कुरा के छभने विचार कार्यदिशा एजेण्डा जसले समातेको छ, उसैलाई पार्टी फुटाएको आरोप लगाइएको छभने जसले क्रान्तिको विरुद्धमा योजनावद्ध कृत्रिम बहुमत निर्माण गर्दै आफैले उठाएका एजेण्डा र दस्तावेज विरुद्ध गएको छ यसलाई संस्थापन र पार्टी एक ढिक्का राख्न प्रयत्न गर्ने भनिएको
छ । पार्टीको एजेण्डा विचार कार्यदिशा र दस्तावेज नछोड्नु नै बास्तावमा पार्टी बचाउनु हो । अर्को, किरणजस्तो जड संकीर्ण र देख्दैपनि ज्युडाल कमजोर भएकोले के क्रान्तिको नेतृत्व गर्न सक्ला ? नाटककार अभिनयकर्ता र हिरोले क्रान्तिको नेतृत्व गर्ने भए प्रचण्ड बाबुराम भन्दा असली अभिनयकर्ता त मनोज गजुरेल, हरिवंश आचार्य, राजेश हमालले  गर्ने थिए । मुख्य कुरा त विचार हो । भलै कलापनि एउटा महत्व पाटो हो । कला छ तर विचार छाडेपछि त के काम भयो र । सरकार टिक्नका लागि सवै एजेण्डा छोडेर नांगो हुने राजनीतिक अभिनयकर्ता र फिल्म दुनियामा टिक्नका लागि सवै कपडा छोडेर नांगो हुन तयार फिल्मी अभिनयकर्ता वीच के फरक भयो र ?
    त्यसैले यी यावत बिचलन, विकृति र विसंगति विरुद्धका धावा बोल्ने हिजो माओवादी विरासतलाई कायम राख्न नयाँ माओवादीको जन्म भएको हो । सवै क्रान्तिकारी कार्यकर्ता, जनता, शुभचिन्तक, समर्थक नयाँ माओवादीमा गोलवन्ध हौं । ग्ल्यामर प्रचण्ड बाबुराम राजनीतिक अभिनयकर्तादेखि सावधान बनौं ।
मा

No comments:

Post a Comment