सल्यान, २३ असार ।
जंगल नभए आफूहरू सामप्त हुने भन्दै लोपोन्मुख राउटेले आफूले चाहे अनुसारका रूख काट्न पाउनुपर्ने माग रोखका छन् । जिल्ला विकास समिति, सल्यानले आयोजना गरेको राहत वितरण कार्यक्रममा राउटेका मुखिया मैनबहादुर शाहीले रूख काट्न नपाएपछि आफ्ना जनता भोकभोकै पर्न थालेको भन्दै प्रमुख जिल्ला अधिकारी
मुरारीप्रसाद शर्मासंग रूख काट्ने वातावरण मिलाइदिन आग्रह गरे ।
राहत बुझ्न आएका मुखिया मैनबहादुरलगायत ४० भन्दा बढी राउटेले सामुदायिक वनले आफूहरूलाई रूख काट्न नदिएपछि पेसा संकटमा परेको भन्दै चाहे अनुसारको रूख काट्न पाउनुपर्ने माग राखेका थिए । ‘पुर्खादेखि गरिआएको पेशा रूख काट्न नपाएपछि संकटमा पर्न थाल्यो, सामुदायिक वनलाई भन्दिनुपर्यो,’ राउटेका मुखिया शाहीले प्रमुख जिल्ला अधिकारी शर्मालाई भने, ‘रूख काट्न नदिएपछि हाम्रो जनता भोकै मर्ने भयो ।’ जंगल नभए आफूहरू सामप्त हुने भन्दै लोपोन्मुख राउटेले आफूले चाहे अनुसारका रूख काट्न पाउनुपर्ने माग रोखका छन् । जिल्ला विकास समिति, सल्यानले आयोजना गरेको राहत वितरण कार्यक्रममा राउटेका मुखिया मैनबहादुर शाहीले रूख काट्न नपाएपछि आफ्ना जनता भोकभोकै पर्न थालेको भन्दै प्रमुख जिल्ला अधिकारी
मुरारीप्रसाद शर्मासंग रूख काट्ने वातावरण मिलाइदिन आग्रह गरे ।
यस्तै, अर्का राउटे वीरबहादुर शाहीले जंगलमा रूख काट्न नदिएपछि मागेर काम चलाउनु परेको गुनासो गरे । ‘सीप बेचेर जनता पाल्थ्यौं, रूख काट्न दिंदैनन् नमागेर कसरी बाँच्ने ?’ उनी प्रश्न गर्छन् । आफूहरूले थोरै बनाएका काठका भाँडाहरू बिक्री नभएकाले पनि समस्या भएको उनीहरूको गुनासो छ ।
राउटेका कुरा सुनेपछि प्रमुख जिल्ला अधिकारी शर्माले आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताए । ‘सरकारले लोपोन्मुख जातजातिको संरक्षणका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्नुपर्छ, यसका लागि सबैको साझा पहल आवश्यक छ’, उनले भने । कार्यक्रममा जिल्ला विकास समितिको लक्षित वर्गको बजेटबाट राउटेलाई खाद्यान्न तथा नगद वितरण गरिएको थियो । धनवाङ गाविस–८ गाडापानीमा बस्दै आएका
राउटेलाई प्रमुख जिल्ला अधिकारी शर्माले २२ क्वीन्टल चामल राहतस्वरुप वितरण गरेका थिए । चामल बुझेपछि राउटेले खसी किन्नका लागि पनि पैसा मागेकाले प्रमुख जिल्ला अधिकारी शर्माले मुखिया मैनबहादुर शाहीलाई १५ हजार रुपैयाँ हस्तान्तरण गरेका थिए ।
सिमसिम पानीमा भिज्दै राहत बुझ्न आएका राउटे राहत बुझेपछि खुसी भएका थिए । राहत बुझ्न राउटेका मैनबहादुर शाही, वीरबहादुर र हरिबहादुर शाहीलगायतका ४० भन्दा बढी राउटे धनवाङको गाडापानीबाट कपुरकोट आएका थिए । कपुरकोटमा आएका राउटे हेर्न सर्वसाधरणको भीड लागेको थियो ।
No comments:
Post a Comment