शरीरको कमजोर प्रतिरक्षा प्रणालीको कारण यदि तपाईं बारर्वार विरामी पर्नेहुन्छ भने तपाईंलाई भिटामिन ‘डी’को जरुरी हुनसक्छ । वैज्ञानिकहरुले दाबी गरेका छन् कि सूर्यको किरणले बन्नेवाला भिटामिन ‘डी’ प्रकृति प्रदत्त सर्वश्रेष्ठ प्रतिजैवीक हो, जसले शरीरको प्रतिरोध क्षमतालाई बलियो पार्छ । डेनमार्कका अनुसन्धानकर्ताहरुले आफ्नो अनुसन्धानमा पत्ता लगाएका छन् कि भिटामिन ‘डी’ले शरीरको ‘टी’ कोशिकाहरुको क्रियाकलापलाई बढाउँदछ जसले शरीरमा हुने बाहिरी संक्रमणबाट शरीरलाई बचाउँछ । अनुसन्धानकर्ता वैज्ञानिकहरुका अनुसार भिटामिन ‘डी’को मानव प्रतिरक्षा प्रणालीलाई बलियो बनाउन अहम् भूमिका रहेको छ र यसको पर्याप्त मात्रा भएन भने शरीरमा रहेका ‘टी’ कोशिकाहरु बाहिरी संक्रमणको विरुद्ध प्रतिक्रिया दिन असमर्थन हुन जान्छन् । उनीहरुका अनुसार जव ‘टी’ केशिकाले बाहिरी संक्रमणको सामना गर्नुपर्दछ, त्यतिखेर यसले भिटामिन ‘डी’को खोजिमा संकेत पठाउने गर्दछ । यसको मतलव हो ‘टी’ केशिकाहरुलाई सक्रिय बनाउन भिटामिन ‘डी’ अत्यन्त जरुरी हुन्छ । यदि यी केशिकाहरुले रगतमा प्रसस्त मात्रामा भिटामिन ‘डी’ पाएनन् भने यिनीहरुको गति पनि अवरुद्ध हुन्छ । भिटामिन ‘डी’ क्याल्सियम शोषण गर्नमा तथा क्यान्सरजस्ता रोगको लागि उपयोगसिद्ध हुने कुरा वैज्ञानिकहरुले पहिला नै पत्ता लगाएका थिए । तर अहिले भिटामिन ‘डी’ मानव शरीरको प्रतिरक्षा प्रणालीलाई बलियो राख्नपनि अत्यन्त जरुरी भएको वैज्ञानिकहरुको दाबी छ । त्यस्तै अस्ट्रेलियमा गरिएको एक अनुसन्धनमा भिटामिन ‘डी’ कम भएमा चिनी रोग लाग्ने सम्भावना बढ्ने पत्ता लागेको थियो । भिटामिन ‘डी’ खासगरी सूर्यको प्रकाशबाट प्राप्त हुन्छ । त्यस्तैगरी माछाको तेल, अण्डा तथा सालमन जस्तो मोटो माछामा पनि यो पाइन्छ । त्यसैले शरीरमा रोगविरुद्ध लड्ने क्षमता हासिल गर्नभिटामिन ‘डी’ प्राप्त हुने उपायहरु अवलम्बन गर्न जरुरी छ । त्यस्तैगरी एक अनुसन्धानमा घाम ताप्नाले शरीरमा भिटामिन ‘डी’ को आपूर्ति मात्र हुने होइन कि यसले पुरुषको यौन क्षमतामा पनि बृद्धि हुने गर्दछ । सेक्स ड्राइभको लागि जिम्मेवार टेस्टोस्टेरोन हर्मनको प्रवाहमा घाम ताप्नाले ठूलो बृद्धि हुनेछ ।
अस्ट्रियाको ग्रेजस्थित मेडिकल यूनिभर्सिटीमा गरिएको एक अनुसन्धानबाट यो पत्ता लागेको थियो कि घाम ताप्नाले पुरुषको शरीरमा भिटामिन ‘डी’ को मात्रा बढ्न जान्छ र यसले पुरुषको सेक्स ड्राइभ बढ्न जान्छ । घामको अलवा माछामा पनि यो पाइन्छ । अनुसन्धानमा पाइएको छ कि जुन मानिसहरुको रगतमा प्रतिमिलिलिटर भिटामिन ‘डी’ को मात्रा ज्यादा थियो उनीहरुमा पुरुष सेक्सुअल टेस्टोस्टेरोनको स्तरपनि उच्च थियो । एक घन्टा घाम ताप्नाले टेस्टोस्टेरोनको मात्रामा ६९ प्रतिशत बृद्धि हुनसक्ने सो अनुसन्धानमा पत्ता लागेको थियो । अनुसन्धानकर्ताहरुले पुरुषमा सेक्स ड्राइभ बढाउनको लागि घाम ताप्नु र भियग्रा उस्तै उस्तै हुन्सम्म पनि भनेका थिए । तर संगसंगै सावधान पनि हुनु जरुरी छ किनकि सूर्यको किरणबाट छाला, आँखा आदिमा नोक्सान पनि पुग्न सक्छ । अष्ट्रेलियामा गरिएको एक अर्का अनुसन्धानमा तीन मध्ये एक व्यक्तिको शरीरमा भिटामिन ‘डी’ को कमी फेला परेको थियो । क्कलीनिकल एण्ड्रोक्रिनोलोजी जर्नलमा छापिएको समाचार अनुसार यस अनुसन्धानमा ११ हजार मानिसलाई संलग्न गराइएको थियो । यसमा पाइएको थियो कि सूर्यको किरणबाट पनि पाइने यस भिटामिनको कमी सबभन्दा बढी महिलामा देखिएको थियो । साथै जसले शाररीका श्रम कम गर्ने गर्दछन् उनीहरुमा नै यसको कमी थियो । डिकन युनिभरसिटीका रबिन डेलीले भनेकी छन् कि अष्ट्र्रलियामा प्रसस्त घाम लाग्ने भएपनि अव भिटामिन ‘डी’ को कमी एक समस्या रुपमा रहेको छ । उनले भिटामिन ‘डी’ को कमीले हड्डीको कमजोरी, मुटु रोग, ओस्टियोपोरोसिस, मांसपेशीको कमजोरी, क्यान्सर तथा मधुमेह जस्ता रोगहरु हुनसक्ने पनि बताएकी छन् । नेपालमा प्रशस्त घाम लाग्ने भएकोले भिटामिन ‘डी’ नेपालमा छँदा हामीले घामबाट पर्याप्त पाउने गरेका थियौं । तर बेलायतमा पहिलो त घाम लागेको दिन पाउन नै गारो छ र पाए पनि घाम ताप्ने समय नै पाइंदैन । धेरैजसो काम घरभित्र नै हुने भएकोले पनि हामीमा यहाँ भिटामिन ‘डी’ को कमी हुन सक्ने कुरामा विशेष चनाखो हुनु जरुरी छ । अहिले बेलायतवासी नेपाली महिलाहरुमा हाड सम्बन्धी समस्याहरु देखा पर्न थालेका छन् । त्यसैले भिटामिन ‘डी’ को पर्याप्त मात्रा शरीरमा पुगेको छ कि छैन भन्ने बारेमा विशेषगरी महिलाहरु झन होसियार हुनु जरुरी छ । महिलाहरुको महिनाबारी बन्द हुने उमेरतिर ओस्टियोपोरोसिसको सम्भावना रहन्छ । त्यसैले पनि भिटामिन ‘डी’ युक्त खानेकुरामा यो अवस्थामा पुगेका महिलाहरुले ध्यान दिनु पनि जरुरी छ । तर वायुमण्डलको ओजोन तहमा भएको नोक्सानीका कारण सूर्यको किरणले पुर्याउने नोक्सानीतर्फ पनि सजग हुनु जरुरी छ ।
No comments:
Post a Comment