व्यक्तिको आत्माको मूल्य कति हुनसक्छ ? अवश्य पनि मान्छेको आत्माको कुनै मूल्य तोक्न सकिंदैन वा त्यो अमूल्य हुन्छ । तर अमेरिकाकी एक महिलाले भने आफ्नो आत्मालाई लिलाम बढाबढबाट बिक्री गर्दैछिन् । अमेरिकाको न्यु मेक्सिकोस्थित अल्बुक्वेकी लोरी एनएस नामकी ती महिलाले इन्टरनेट मार्फत आफ्नो आत्माको लिलामी गर्न लागेकी हुन् । इमेलमार्फत आत्माको लिलाम गर्न लागेकी उनले आफ्नो आत्माको सुरुवाती मूल्य २ हजार डलर तोकेकी छिन् ।
वास्तवमा कार दुर्घटनापछि सख्त घाइते भएर अहिलेपनि उपचार गराइरहेकी लोरीले आफ्नै उपचारको खर्च जोहो गर्नका लागि आत्मालाई नै लिलामीमा राखेको बताएकी छिन् । सन् २००७ मा कार दुर्घटनामा परी भाग्यले बाँचेकी लोरी हृदयघातबाट पीडित हुनुका साथै उनका शरीरका विभिन्न अंगका हाड भाँचिएका छन् । एक टेलिभिजनसंगको कुराकानीमा उनले आफ्नो लिलामी सहयोगका लागि रुवाइ भएको बताइन् । आफू जीवनको धागो झण्डै चुँडिन लागेको भन्दै उनले आफूले मनमा गाँठो पारेर आत्मा बिक्री गर्नुपरेको बताइन् । (एजेन्सीबाट)

No comments:
Post a Comment