जाजरकोट, ७ साउन ।
जाजरकोटको एक विद्यालयले एसएलसी उत्तीर्ण भएका विद्यार्थीलाई प्रमाणपत्र दिएबापत चर्को शुल्क लिएको खुलासा भएको छ । जिल्लाका पश्चिम क्षेत्रमा पर्ने थालारैकर–५ स्थित सरस्वति माध्यमिक विद्यालयका प्रधानाध्यापक तुल्सीप्रसाद रेग्मीले एउटा प्रमाणपत्रको ५ हजार रुपैयाँ शुल्क लिने गरेको विद्यार्थी र अभिभावकले गुनासो गरेका छन् ।
उक्त विद्यालयबाट गएको चैत्रमा संचालित एसएलसी परीक्षामा १ सय ६ जना परिक्षार्थी सम्मिलित भएकोमा ८३ जना विद्यार्थी उत्तीर्ण भएका थिए । जिल्ला बाहिरका विद्यार्थीले चिटिङ गरेर पास गर्न सजिलो हुने भन्दै त्यस विद्यालयबाट एसएलसी परीक्षाको फाराम भरेका थिए । उत्तीर्ण भएका अधिकांश विद्यार्थीपनि जिल्ला बाहिरकै भएको हँुदा प्रधानाध्यापक रेग्मीले मौकाको फाइदा उठाउँदै मोटो रकम असुलिरहेका छन् । तर त्यसबारे विद्यालय ब्यवस्थापन समिति बेखवर भएको समितिका अध्यक्ष भीमबहादुर बुढाले बताए । उनले भने, ‘विद्यार्थीबाट एउटा चारित्रिक सटिर्फिकेटको ५ हजार उठाएको सुनेको छु सत्य भए कारवाही हुन्छ ।’ प्रअ रेग्मी एक महिनादेखि जिल्ला बाहिरै रहेको अध्यक्ष बुढाले जानकारी दिए ।जाजरकोटको एक विद्यालयले एसएलसी उत्तीर्ण भएका विद्यार्थीलाई प्रमाणपत्र दिएबापत चर्को शुल्क लिएको खुलासा भएको छ । जिल्लाका पश्चिम क्षेत्रमा पर्ने थालारैकर–५ स्थित सरस्वति माध्यमिक विद्यालयका प्रधानाध्यापक तुल्सीप्रसाद रेग्मीले एउटा प्रमाणपत्रको ५ हजार रुपैयाँ शुल्क लिने गरेको विद्यार्थी र अभिभावकले गुनासो गरेका छन् ।
यता जिल्ला शिक्षा अधिकारी गीरमान थापाले सामुदायिक विद्यालयबाट कुनैपनि बहानामा चर्को शुल्क लिन नहुने बताए । जिल्लामा विद्यालयले एउटा सर्टिफिकेटको कतिदेखि कतिसम्म शुल्क लिनसक्ने भन्ने निश्चित मापदण्ड नभएकाले पनि समस्या उत्पन्न भएको हो । प्रस्तावित विद्यालय भएको र आर्थिक स्रोत पर्याप्त नभएका कारण सहयोग स्वरुप विद्यार्थीबाट यो रकम लिने गरेको विद्यालयका शिक्षक जयकृष्ण पौडेलले बताए । उनीहरुले सर्टिफिकेट र सहयोग स्वरुप भन्दै २ वटा छुट्टाछुट्टै विल समेत काट्ने गरेका छन् । एउटा सर्टिफिकेट र एउटा सहयोगवातको विल काट्ने गरेको शिक्षक पौडेलले स्वीकारे ।
No comments:
Post a Comment