समायोजन दुई चरणमा गर्न सुझाव

Bookmark and Share 
मप विश्वविद्यालय 
सुर्खेतपत्र संवाददाता 
सुर्खेत, ७ साउन ।
    मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा क्याम्पस समायोजन प्रक्रिया दुई चरणले गर्न सुझाव दिइएको छ । पहिलो चरणमा सामुदायिक क्याम्पसलाई समायोजन गरी पढाई सुरु गर्ने र त्यसपछि त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसलाई समायोजन गर्न सुझाव दिइएको हो ।     मप विश्वविद्यालयका डीन पीताम्बर ढकालले एकैपटक क्याम्पसमा समायोजना गर्न कठिन भए दुई चरणमा गर्न सुझाव दिइएको बताए । उनले सुरुमा सामुदायिक विद्यालयलाई समायोजन गरी पढाई संचालन गरिहाल्ने र त्यसपछि आंगिक क्याम्पसलाई समायोजन गर्दै जानुपर्ने उल्लेख गरे ।
वीरेन्द्रनगर बहुमुखी क्याम्पस तथा पव्लिक साइन्स क्याम्पसलाई पहिलो चरणमा र शिक्षा क्याम्पसलाई पछिल्लो चरणमा समायोजन गर्न सुझाव दिइएको उनले जनाए । क्याम्पस समायोजनका लागि विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा. गणेशमान गुरुङको संयोजकत्वमा पाँच सदस्यीय समायोजन कार्यदल गठन भएको जानकारी दिदैं उनले त्यसमा मप विश्वविद्यालयका उपकूलपति प्रा.डा. पदमलाल देवकोटालगायत रहेको उल्लेख गरे ।
    मप विश्वविद्यालयका लागि विभिन्न विषयमा गरी २५ वटा विषयहरुको पाठ्यक्रम निर्माण भइसकेको छ । ४ बर्षे कोर्षका लागि ८ सेमेष्ट प्रणाली रहेको छ । त्यस्तै कक्षा संचालन साउन भदौबाट सुरु गर्ने भनिएपनि सरकारले दरवन्दी नदिंदा कठिनाइ भएको डीन ढकालले बताए । उनले समायोजन, बजेट र दरवन्दी नदिंदा सरकारले नै मप विश्वविद्यालयको अध्ययन सुरु गर्नमा बाधा आएको जिकिर गरे । अवको चार हप्ताभित्र सभा मनोनयन लगायतका कामहरु गरिसक्नुपर्ने पनि उनको भनाइ छ । मध्यपश्चिमाञ्चल विश्व विद्यालयको पढाइलाई गुणस्तरीय बनाउनका लागि सैद्धान्तिक र प्रयोगात्मक विधि अपनाइने छ । सातामा चार दिन सैद्धान्तिक र दुई दिन प्रयोगात्मक विधि अपनाइने डीन ढकालले बताए । त्यस्तै कक्षा संचालन विहान ८ बजेदेखि साँझ ५ बजेसम्म गरिनेछ ।
    यस विश्वविद्यालयका लागि डीनको कार्यालयहरुलाई अधिकारसम्पन्न बनाइएको छ । प्रश्नपत्र बनाउने, छपाइ गर्ने, उत्तरपुस्तिका जाँच्ने, सिरियल राख्ने लगायतका कामहरु सवै डीनको कार्यालयले गर्ने र अन्त्यमा प्रमाणपत्र र अंक दिने काममात्रै परीक्षा व्यवस्थापन कार्यालयले गर्ने जानकारी उनले दिए ।

No comments:

Post a Comment