दैलेख, २८ असार ।
खाद्यान्न उत्पादनको हिसाबले जिल्लाका १८ गाविस खाद्य संकटको जोखिममा छन् । जिल्लाका रुम, काँशिकाँध, जम्बुकाँध, कट्टी, चामुण्डा, मेहलतोलीलगायतका गाविसमा खाद्यान्न समस्या भएको जिल्ला कृषि विकास कार्यालय दैलेखको तथ्यांकमा उल्लेख छ । ५५ गाविस र एक नगरपालिका रहेको दैलेखमा हाल ३ हजार ३९० मेट्रिक टन खाद्यान्न अभाव भएको कृषि अनुसन्धान केन्द्र बागवानीले जनाएको छ ।
कृषकले परम्परागत बीऊको प्रयोगका साथै जलवायु परिवर्तन र इन्धन मूल्यमा आएको समस्या समाधान गर्न नसकेका कारणपनि खाद्यान्न उत्पादन घटेको बताइएको छ । भूगोल र अनुसन्धानका आधारमा उन्नत बीऊबाट खेतीपाती गर्न सके दैलेखबाट उत्पादन भएका खाद्यान्न बाहिर खपतसमेत हुने सम्भावना रहेको कृषि अनुसन्धान केन्द्र बागवानी दैलेखले जनाएको छ । खाद्यान्न उत्पादनको हिसाबले जिल्लाका १८ गाविस खाद्य संकटको जोखिममा छन् । जिल्लाका रुम, काँशिकाँध, जम्बुकाँध, कट्टी, चामुण्डा, मेहलतोलीलगायतका गाविसमा खाद्यान्न समस्या भएको जिल्ला कृषि विकास कार्यालय दैलेखको तथ्यांकमा उल्लेख छ । ५५ गाविस र एक नगरपालिका रहेको दैलेखमा हाल ३ हजार ३९० मेट्रिक टन खाद्यान्न अभाव भएको कृषि अनुसन्धान केन्द्र बागवानीले जनाएको छ ।
खाद्य सुरक्षाका लागि स्थानीय स्रोत परिचालनसम्बन्धी कृषि अनुसन्धान केन्द्र बागवानी दैलेखले गरेको एक कार्यक्रममा स्थानीय स्वायत्त शासन ऐनअन्तर्गत हरेक गाविस र नगरपालिकामा विनियोजित बजेटमध्ये १५ प्रतिशत रकम कृषि क्षेत्रमा लगानी गर्नुपर्ने कानुनी प्रावधान रहेपनि जिल्लामा त्यसको व्यावहारिक प्रयोग नभएको र रकम आएपनि कृषकले खेतीपाती गरिसकेपछि आउने प्रचलन भएकाले कृषक मर्कामा परेको चुप्राका अगुवा कृषक श्याम रानाले जानकारी दिए ।
जिल्लामा खाद्यान्न उत्पादनका सम्भावित क्षेत्र धेरै भएपनि खाद्यान्न निकै असुरक्षा भएकाले सम्बन्धित निकाय अझै चनाखो हुनुपर्ने बताइएको छ ।
No comments:
Post a Comment