अन्तर्राष्ट्रिय सहकारी दिवस

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
सुर्खेत, २३ असार ।
    ९० औं अन्तर्राष्ट्रिय सहकारी दिवस सुर्खेतमा मनाइएको छ । जिल्ला बचत तथा सहकारी संघ लि. सुर्खेतले अन्तर्राष्ट्रिय सहकारी दिवसका साथै १८ औं संयुक्त राष्ट्र संघ दिवस पनि शनिवार मनाएको हो ।
    सो अवसरमा चाहना बचत तथा ऋण सहकारी संस्था लि. लेखफर्सालाई पुरस्कृत एवं सम्मानित गरिएको थियो । बचत तथा सहकारी संघ लि.का अध्यक्ष पदम दाहालको सभापतित्वमा भएको कार्यक्रममा डिभिजन सहकारीका निरीक्षक प्रकाश चपाईं, चाहना सहकारीका अध्यक्ष पाण्डव परियार, भेरी बहुद्देश्यीय सहकारी बावियाचौरका सचिव रामबहादुर विष्टलगायतले आ–आफ्ना भनाइ राखेका थिए । साथै संयुक्त राष्ट्रसंघ दिवसको औचित्य र सान्दर्भिकताका वारेमा पनि प्रकाश पारिएको थियो । 

No comments:

Post a Comment