छिमेकीको कुटाइबाट मृत्यु

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
कञ्चनपुर, २३ असार ।
    पानीको ह्यान्डपम्प प्रयोग गर्ने विषयमा विवाद हुँदा कञ्चनपुरको दैजी–९ का ३५ वर्षीय जनकु चौधरीको छिमेकीको कुटाइबाट शनिवार मृत्यु भएको छ ।
घर छेउ गाडिएको खानेपानीको ह्यान्डपम्प प्रयोग गर्ने विषयमा गत आइतबार छिमेकी रामदिलले जनकुलाई निर्घात कुटपिट गरेका थिए । कुटपिटबाट गम्भीर घाइते भएका चौधरीलाई आफन्तले कैलालीको सेती अञ्चल अस्पतालमा भर्ना गरेका थिए । थप उपचारका लागि बाँकेको कोहलपुरतर्फ लैजाने व्यवस्था मिलाउँदै गर्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक ज्ञानबहादुर विष्टले बताए ।

No comments:

Post a Comment