जाजरकोट, २४ असार ।
मालपोत कार्यालय जाजरकोटका निमित्त प्रमुख अभिबहादुर गिरी तीन दिनदेखि विना जानकारी कार्यालयमा अनुपस्थित हुँदा सेवाग्राही मर्कामा परेका छन् । नागरिकको प्रत्यक्ष कारोवार हुने कार्यालयमा हाकिम नहुँदा कार्यालयको सम्पूर्ण कामकाज ठप्प भएको छ ।
मालपोत अधिकृत तिलकराम रिजाल असारको पहिलो साता काठमाडौं गएपछि नायवसुब्वा अभिबहादुर गिरीलाई निमित्तको जिम्मेवारी दिइएको थियो । तर निमित्त प्रमुख गिरी विना जानकारी विहीवारदेखि कार्यालयमा अनुपस्थित भएपछि कार्यालय हाल प्रमुख विहीन भएको छ । खलंगा–६ का भीमबहादुर कार्कीले मालपोतमा हाकिम नहुँदा आफ्नो काम तीन दिनदेखि हुन नसकेको बताउँछन् । हाकिम आउने नआउने बारे कार्यालयका अन्य कर्मचारी समेत बेखबर छन् । कार्यालय प्रमुख नहुँदा सेवाग्राही स्थानीय अलपत्र परेका छन् । मालपोत कार्यालय जाजरकोटका निमित्त प्रमुख अभिबहादुर गिरी तीन दिनदेखि विना जानकारी कार्यालयमा अनुपस्थित हुँदा सेवाग्राही मर्कामा परेका छन् । नागरिकको प्रत्यक्ष कारोवार हुने कार्यालयमा हाकिम नहुँदा कार्यालयको सम्पूर्ण कामकाज ठप्प भएको छ ।
कार्यालयका खरिदार कालीबहादुर रानाले हाकिम साव काठमाडांै गएको र निमित्त हाकिम पनि तीन दिन अगाडिदेखि कार्यालयमा नआएको बताए । प्रमुख नहुँदा कामकाज ठप्प भएको सेवाग्राही बताउँछन् । उता प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले तत्काल निमित्तको ब्यवस्था गरेर कामकाज सुरु गराउने बताए ।
No comments:
Post a Comment