सुर्खेत, २४ असार ।
वीरेन्द्रनगर बहुमुखी क्याम्पसका आंशिक प्राध्यापकहरुले आइतवारदेखि पेन डाउन गरेका छन् । पेन डाउन आज सोमवारसम्म गर्ने उनीहरुले जनाएका छन् । क्याम्पसमा कार्यरत सम्पूर्ण आंशिक प्राध्यापकहरु र मासिक ज्यालादारी कर्मचारीहरुलाई आन्तरिक प्रक्रिया अनुसार निश्चित मापदण्डका आधारमा यथासिघ्र करार नियुक्तिको प्रक्रिया अगाडि बढाउन र यस क्याम्पसलाई मप विश्वविद्यालयमा समायोजन गर्नुपूर्व स्थायी गर्नुपर्ने माग राख्दै आंशिक प्राध्यापकहरु संघर्षमा उत्रिएका हुन् ।
आज सोमवारसम्म पनि आफ्ना मागहरुको कुनै सुनुवाई नभए भोलि मंगलवारदेखि अनिश्चितकालीन क्याम्पस बन्द गरिने आंशिक प्राध्यापक संघर्ष समितिका सदस्य कमला तिवारीले बताइन् । वीरेन्द्रनगर बहुमुखी क्याम्पसका आंशिक प्राध्यापकहरुले आइतवारदेखि पेन डाउन गरेका छन् । पेन डाउन आज सोमवारसम्म गर्ने उनीहरुले जनाएका छन् । क्याम्पसमा कार्यरत सम्पूर्ण आंशिक प्राध्यापकहरु र मासिक ज्यालादारी कर्मचारीहरुलाई आन्तरिक प्रक्रिया अनुसार निश्चित मापदण्डका आधारमा यथासिघ्र करार नियुक्तिको प्रक्रिया अगाडि बढाउन र यस क्याम्पसलाई मप विश्वविद्यालयमा समायोजन गर्नुपूर्व स्थायी गर्नुपर्ने माग राख्दै आंशिक प्राध्यापकहरु संघर्षमा उत्रिएका हुन् ।
आफूहरुको माग जायज भएको भन्दै उनले सरोकारवालाहरुले समयमै सुनुवाई गर्नुपर्ने जनाइन् । आफूहरुको मागमा अन्य प्राध्यापकहरुले पनि सहमति जनाएको दावी उनले गरिन् । मप विश्वविद्यालयको आधार क्याम्पसको रुपमा लिइएको बहुमुखी क्याम्पसमा कार्यरत आंशिक प्राध्यापकहरुले फेरि प्रतिस्पर्धा गर्नु नपरोस् भन्ने आफूहरुको माग रहेको उनले बताइन् ।
No comments:
Post a Comment