जाजरकोट २४ असार ।
जिल्लाको टालेगाउँ गाविसमा झाडा पखालाबाट एकजनाको मृत्यु भएको छ । टालेगाउँ गाविस वडा नं ९ रमालगाउँ निवासी ३५ वर्षीया शशिराम जैसीको शनिवार मृत्यु भएको हो । गाउँमा राम्रो उपचार हुन नसकेपछि थप उपचारका लागि जैसीलाई नेपालगन्ज लैजाने क्रममा सुर्खेतको छिन्चुमा मृत्यु भएको स्थानीय जयबहादुर चलाउनेले जानकारी दिएका छन् । एक हप्तादेखि झाडापखालाबाट थलिएका जैसीलाई उपस्वास्थ्य चौकी टालेगाउँमा उपचारको लागि लगिएको थियो । उपचार गर्दा पनि सुधार नआएपछि नेपालगन्ज रिफर गरिएको उपस्वास्थ्य चौकी टालेगाउँका स्वास्थ्यकर्मी विष्णु नेपालीले बताए ।
No comments:
Post a Comment