छोरीले गरिन् बाबुको किरिया

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
जाजरकोट, २९ असार ।
    छोराले मात्र आफ्ना बाबुआमाको काजकिरिया गर्ने परम्परागत मान्यतालाई तोड्दै जाजरकोट पुन्मा–३ की पम्फा घर्ती बाबुको किरिया बसेकी छन् ।     ७४ वर्षीय बाबु बिस्ने घर्तीको निधन भएपछि उनकी साइँली छोरी १६ वर्षीया पम्फा किरिया बसेकी हुन् । मर्नुभन्दा पहिले बाबुले आफूलाई नै किरिया गर्नु भनेको र दाजुभाइ नभएका कारण आफू किरिया बसेको पम्फाको भनाइ छ ।
    पम्फासंगै उनका काका दलबहादुर घर्ती पनि किरिया बसेका छन् । मदिरा सेवनका कारण गएको चैतेदसैंमा घरको ढोकाबाट लडेर घाइते भएका बिस्नेको गरिबीका कारण उपचार हुन नसकेपछि मंगलवार मृत्यु भएको थियो । पाँचजना दिदीबहिनी भएकी पम्फाकी दुई वटै दिदी र एउटा बहिनीले बिहे गरिसकेका छन्भने कान्छी बहिनी सुकेनासपीडित रहेको थाहा भएको छ । 

No comments:

Post a Comment