सुर्खेत, २९ असार ।
आवाज संस्थाको आयोजना तथा जिल्ला स्वास्थ्य कार्यालय सुर्खेतको आर्थिक सहयोगमा शुक्रवार जनस्वास्थ्य सम्वन्धी लोकगीत प्रतियोगिता सम्पन्न भएको छ ।
११ जनाले भाग लिएको प्रतियोगितामा वीरेन्द्रनगर–८ का विष्णु गुरुङ प्रथम, मेहेलकुनाका मानसिंह खड्का द्वितीय, चिसापानीका रिता चपाईं तृतीय र कुनाथरीका अन्जु सुनार र चनौटाका गोमा रावतले सान्त्वना स्थान हासिल गरेका छन् । कार्यक्रममा आवाजका निमित्त कार्यक्रम संयोजक कान्ति खड्का, जिल्ला स्वास्थ्य कार्यालयका लोकबहादुर शाहीलगायतको उपस्थिति रहेको थियो । आवाज संस्थाको आयोजना तथा जिल्ला स्वास्थ्य कार्यालय सुर्खेतको आर्थिक सहयोगमा शुक्रवार जनस्वास्थ्य सम्वन्धी लोकगीत प्रतियोगिता सम्पन्न भएको छ ।
No comments:
Post a Comment