दैलेख, ४ साउन । लक्षित समुदायको जीविकोपार्जनलाई सुदृढ वनाउनले लक्ष्यका साथ जिल्लामा संचालित पश्चिम उच्च पहाडी गरिवी निवारण आयोजनाको वार्षिक समीक्षा गोष्ठी सम्पन्न भएको छ । जिल्ला स्थित विभिन्न सरकारी एवं गैरसरकारी संघ संस्थाका प्रमुख/प्रतिनिधि, आयोजनाले काम गर्ने ५ संभागहरुका फोकल पर्सन र सामाजिक परिचालकको उपस्थितमा कार्यक्रम सम्पन्न गरिएको हो ।
प्राकृतिक र वित्तीय श्रोतको परिचालनका लागि वाहयस्रोत र साधनको उपयोगद्वारा सामाजिक न्याय राखी गरिवी निवारण गर्ने उद्देश्यका साथ यहाँका २० गाविसमा कार्यक्रमम संचालन गरिएको छ । गरिवी निवारण आयोजनाले काम गदै आएका ५ संभाग जिल्ला कृषि कार्यालय ,जिल्ला वन कार्यालय स्थानीय विकास कोष, पशु स्वास्थ्य कार्यालय र घरेलु कार्यालयले क्रमश: पूर्वाधार कवुलियती वन,पशु विकास र लघु जलविद्युत सम्बन्धित व्यक्तिले वार्षिक प्रगतिप्रतिवेदन प्रस्तुत गरेका थिए । आ.व. ०६५/०६६ मा संचालन गरिएको कार्यक्रमले २० वटा गाविस ३ सय ८ वटा सामुदायिक संस्था गठन गरिएपनि २ सय ६१ मात्र सक्रिय छन्भने सामुदायिक संस्थाको आन्तरिक वचत ५१ लाख १६ हजार ८ सय १३ रुपैयाँ बचत गरिएको मध्ये १४ लाख ४४ हजार ८ सय ४३ वचत परिचालन गरी समूहका सदस्यले आयआर्जन क्रियाकलाप परिचालन गरेको कार्यक्रम संयोजक टोपबहादुर बुढाले बताए ।

No comments:
Post a Comment