नेपालगन्ज, ४ साउन ।
नेपाल नेत्र ज्योति संघअन्तर्गत यहाँ सञ्चालित फत्तेवाल आँखा अस्पतालको सेवालाई थप फराकिलो तथा उच्च प्रविधियुक्त बनाउनुपर्नेमा जोड दिइएको छ । मध्य तथा सुदूरपश्चिमाञ्चलका आँखाका बिरामीलाई अस्पताल र शिविमार्फत घरदैलोमा उपचार सेवा पुर्याउँदै आएको सो अस्पताल भौतिक सुविधामा क्रमश: अगाडि बढिरहेकाले सेवाको प्रभावकारितालाई पनि उच्चस्तरीय बनाउनुपर्ने सरोकारवालाको सुझाव छ ।
नेपालगन्जको फुलटेक्रामा रहेको सो अस्पतालसम्म पुग्न सेवाग्राहीले प्रयोग गर्नुपर्ने बाहिरी सडकको अवस्था अत्यन्त जीर्ण रहेकाले सरोकारवाला निकायलाई निर्माणका लागि नागरिकका तर्फबाट दबाब दिन पनि अस्पतालले पहल गर्न आवश्यक देखिएको छ । तथ्यांक अनुसार, चालु आर्थिक वर्ष २०६८/०६९ का लागि अनुमानित रु. ५ करोड बजेट रहेको अस्पतालले गत वर्ष १२ हजारभन्दा बढी आँखाका बिरामीको शल्यक्रिया र करिब एक लाख बिरामीलाई बहिरंग सेवा उपलब्ध गराएको छ । वि.सं. २०४३ फागुनमा स्थापित संघले स्थापनाको पहिलो वर्ष १० शैयाबाट सञ्चालन गरेको फत्तेवाल आँखा अस्पताल २५ वर्षको अवधिमा आइपुग्दा १ सय ५० शैया क्षमताको भएको संघका सभापति रतनकुमार टण्डनले जानकारी गराए । संघको आन्तरिक स्रोतबाट अस्पताल परिसरमा रु. ३ करोडभन्दा बढीको लागतमा नयाँ निर्माण गरिएको बहिरंग विभाग भवनमा अत्याधुनिक उपकरण जडान गरिएको छ ।

No comments:
Post a Comment