कडा परिश्रम गर्ने मानिसहरु निद्रालाई माया मारेर भएपनि काम गरिरहेका हुन्छन् । निद्रालाई त्याग्ने वा कम सुत्ने मानिसमा थकानको समस्या त देखिन्छ नै अनिद्राले मधुमेह, अल्छिपन, डिप्रेसन तथा मुटुसम्बन्धि रोगको खतरा समेत बढाउँछ । कम निदाउँने वा कम आराम गर्ने मानिसमा अरु स्वास्थ्य समस्या मात्र होइन यौन क्षमता तथा प्रजनन क्षमतामा पनि कमी आउँछ । पर्याप्त समय आराम गर्ने र निदाउने मानिसको प्रजनन क्षमतामा वृद्धि हुने विज्ञहरु बताउँछन् ।
अध्ययनले पर्याप्त मात्रामा सुत्ने मानिसको सुन्दरतासंगै आत्मविश्वास तथा शारीरिक स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पर्ने देखाएको छ । दिनमा ८ घण्टाभन्दा कम सुत्ने मानिसको शारीरिक सुन्दरतामा कमी आउने तथा विभिन्न शारीरिक तथा मानसिक समस्यासमेत देखिने विज्ञहरुको भनाइ छ । मानिसको सुन्दरता वृद्धिको निम्ति स्वस्थ आहार विहारका साथै पर्याप्त निद्रा पनि अवश्याक रहेको सौन्दर्यविज्ञहरुको भनाइ छ । सौन्दर्य वृद्धिका लागि विभिन्न कृत्रिम उपायको विकल्पको रुपमा निद्रा प्राकृतिक सौन्दर्य उपचारको रुपमा उपयोग गर्न सकिने उनीहरु बताउँछन् । कम सुत्ने र राम्रो निद्रा नपर्ने मानिसमा छिट्टै बुढो जस्तो देखिने एजिङको समस्या देखापर्छ । साथै अनिद्राले व्यक्तिको रोगप्रतिरोधी तथा वातावरणसंग अनुकूलन हुने क्षमता पनि घटाउँछ । त्यसैले शारीरिक तथा मानसिक स्वास्थ्यका लागि पर्याप्त निद्रा आवश्यक पर्छ ।

No comments:
Post a Comment