एक अध्ययनले धेरै दुध तथा दुधजन्य पदार्थ खाने व्यक्तिको पेटमा हानीकारक जीवाणुको विकास हुने तथ्य पत्ता लगाएको छ । अमेरिकामा गरिएको अध्ययन अनुसार पेट दुख्ने तथा पोल्ने लगायतका समस्या बढ्नुको मुख्य कारण हाम्रो पेटमा नकारात्मक ब्याक्टेरियाको विकाश हुनु हो जसका लागि हाम्रो बदलिंदो खानपान जिम्मेवार छ । नेचर पत्रिकामा छापिएको शोधको निष्कर्ष अनुसार दुग्धजन्य पदार्थमा हुने चिल्लो पदार्थयस्ता खराब ब्याक्टेरियाको विकासका लागि आवश्यक छ जसले पेटमा गडबडी तथा दुखाईको सिर्जना गर्छ । बढी चिल्लोजन्य खाद्यपदार्थले हाम्रो उपापचयन प्रक्रियालाई परिवर्तन गरेको र त्यसबाट हानीकारक ब्याक्टेरिया पेटभित्र फस्टाउने मौका पाएको अनुसन्धानकर्ताहरु बताउँछन् ।
त्यसबाट उत्पन्न हुने समस्यालाई इन्लामेटोरी बावेल डिजिज वा इबीडी भनिन्छ । यसबाट पेट दुख्ने तथा झाडाबान्ता जस्ता लक्षण देखापर्छ । शोधको क्रममा अनुसन्धानकर्ताहरुले मुसामा परीक्षण गरेका थिए । त्यसक्रममा बढी चिल्लो खुबाइएका मुसामा अपच देखिएको तथा बढी पित्तको उत्पादन भएको पाइयो । पेटमा बढी पित्त आउँदा त्यसले आन्ध्राको रसायनिक वातावरण परिवर्तन गर्ने र त्यसबाट चाहिने जिवाणुहरु मर्ने र हानीकारक जिवाणुहरु बढ्ने अवस्था सिर्जना हुने तथ्य अनुसन्धानबाट पत्ता लागेको छ । (एजेन्सीबाट) मा
No comments:
Post a Comment