वैज्ञानिकहरुले यस्तो टिसर्टको आविष्कार गरेका छन् जसले विद्यतीय ऊर्जा संचित गर्नसक्छ । यसरी विद्युत ऊर्जा संचित गर्नसक्ने टिसर्टको माध्यमबाट मोबाइल फोनका साथै अन्य ग्याजेटहरुकोसमेत ब्याट्रि चार्ज गर्न सकिने बताइएको छ । अमेरिकाको साउथ क्यारोलिनाका वैज्ञानिकहरुले यस्तो प्रविधिको विकास गरेका हुन् । उनीहरुले अब छिटै नै टिसर्टबाट चार्ज हुने ल्यापटप तथा स्मार्टफोन बजारमा आउने समेत बताएका छन् । अनुसन्धानको क्रममा प्राध्यापक जियाओडोङ ली र शोधकर्ता लिहोंग बाओले बजारबाट किनिएको एउटा टिसर्टलाई फ्लोराइडको घोलमा चोपेर सुकाइ अक्सिजन नभएको ओभनमा निकै उच्च तापक्रममा पोलेका थिए ।
त्यस्तो उच्च तापक्रममा उक्त टिसर्टको धागोको रेसामा रहेको सेलुलोज भन्ने पदार्थमा कार्वन अणुहरु एक्टिभेटेड अर्थात रासायनिक रुपमा सक्रिय बने । यसरी कार्वन अणुहरु एक्टिभेटेड भएको उक्त टिसर्टमा रेसाहरुले इलेक्ट्रोडको काम गर्ने र समग्र टिसर्टले विद्युत चार्ज संचित गर्ने क्यापासिटरको काम गर्ने अनुसन्धानकर्ताहरुले प्रमाणित गरे । यसरी यस्तो टिसर्टको रेसालाई क्यांगानिज अक्साइडको लेपन लगाएमा त्यसको चार्ज संचिति क्षमता उच्च हुने र उक्त टिसर्ट उच्च क्षमताको क्यापासिटर बन्ने उनीहरुको भनाइ छ । यसरी टिसर्टबाट बन्ने क्यापासिटरलाई उनीहरुले सुपर क्यापासिटरको नाम दिएका छन् । यसरी टिसर्टको रुपमा रहेको सुपरक्यापासिटरबाट निश्चित डिभाइसको प्रयोग गरी मोबाइललगायतका ग्याजेटको ब्याट्री चार्ज गर्नसकिने उनीहरुको ठम्याइ छ । ‘हामीले रेसादार कपडा लगाउँछौं । कुनै दिन हामीले लगाउने कटनको टिसर्ट केबल शरीर छोप्ने कामका लागि मात्र उपयोग हुनेछैन, यो ऊर्जा संचित गर्ने यन्त्र बन्नेछ जसले तपाईंको सेल फोन र आइप्याड चार्ज गर्नेछ’, अनुसन्धानकर्ता लीको भनाइ छ । (एजेन्सी)

No comments:
Post a Comment