साउन महिना धर्म र संस्कृतिको महिना मानिंदोरहेछ । साउन महिना आयो कि आएन भनेर क्यालेण्डरको पात्रो हेर्नुपर्दैन, नारीहरुका हातमा हरियो चुरा हेरे पुग्छ । महिला दिदीबहिनीहरुको हातमा हरियो चुरा देखेपछि साउन महिना लागेछ भन्ने बुझ्नुपर्छ नारीहरुको हात क्यालेण्डर बनेको छ । समाज धर्मप्रति कति लालयित छ भन्ने बारे साउन महिनामा गरिने धार्मिक क्रियाकलाप ले प्रष्ट्याउँछन् । शिव पार्वती थिए थिएनन्, धर्मकर्म गर्नेहरुले जानुन् । शिवको रुप फोटोमा मैले देखेको छु । जटाधारी शिव भाङ धतुरो खाएर हिमालय क्षेत्रबाट कता झरे थाहा छैन । तर उनको रुप हेर्दा हिमाली भेकका मानव जाडोले गर्दा आगो ताप्दै खरानी घसेर लागू पदार्थ खाएको
देखिन्छन् ।
यो महिना शिवलाई हरियो रङ मन पर्छ रे । खासगरी दुवो र बेलको पात (बेलपत्र) उनलाई मन पर्छ रे । खै यी भगवान कस्ता हुन् मलाई थाहा छैन । तर उनको भक्तिभावमा महिलामाथिको हिंसा प्रष्ट झल्किन्छ । यी भगवान नारीमाथि दासता थोपर्ने खालका देखिन्छन । नारीले पुरुषको भक्तिभाव गर्नुपर्ने यो कस्तो धर्म हो ? शिवलाई मन पर्ने हुन हातभरि हरियो चुरा र मेहन्दी लगाएर हरियै वस्त्र पहिरिने फेसनको बिगबिगी छ । सहर बजारदेखि गाउँघरसम्म दूधे नानीदेखि हजुरआमासम्म सबैले हरियो चुरा लाएर द· छन् । यतिखेर भनिंदोरहेछ विवाहित महिलाले साउन महिनामा हरियो चुरा हातमा मेहन्दी लगाए लोग्नेको आयु बढ्छ रे । अनि अविवाहिता महिलाले हरियो चुरा लगाए मनले चिताएको श्रीमान् पाइने लोभमा यो फेसन गर्दैछन् । यो कस्तो धर्म हो । भएभरको ब्रत र धार्मिक कर्म महिलाले मात्र गर्नुपर्ने पुरुषले केही गर्नु नपर्ने ? यस्ता चालचलनलाई हामीले आँखा चिम्लेर ग्रहण गरेका छौं । हरियो चुरा र श्रीमान्को स्वास्थ्यसंग के कुन आधारमा सम्बन्ध छ । देखिन्छन् ।
यदि हरियो चुराले लोग्नेको आयु बढाउने भए अन्य धार्मिक सम्प्रदायका महिला जो चुरा नै लाउँदैनन्, उनीहरुका पति धमाधम मरेका छन् त ? निश्चय नै यस्तो भएको छैन । अर्कोतर्फ हातभरि हरियो चुरा लगाएर भनेजस्तो लोग्ने पाउने भ्रम पनि हामीकहाँ छ । एउटाको हातमा भएको हरियो चुराले अको व्यक्तिको बानी व्यहोरा सुधार्ने कसरी मद्दत गर्दछ । खै यो पनि बुझिनसक्नु छ । साँच्चै धर्म रहस्यमय छ त्योभन्दा बढी धार्मिक क्रियाकलाप झन बढी रहस्यमय छ । हरियो चुरा र मेहन्दी त धर्मसंग प्रत्यक्ष सरोकार पनि देखिंदैन । यतिबेला हामी लैंगिक समानताका कुरा गरिरहेछौं ।
तर फेसनको नाममा राम्री हुन हरियो चुरा, मेहन्दी, हरियै बस्त्र, हरियो टिका र हरियो तेल पालिस लाएर मख्ख हुन होभने समानताका नारा फिक्का हुन्छ । यो भन्नु अर्घेल्याइं हुन्न होला कि फेसनको दुनियाँमा पुरुषभन्दा महिला अगाडि छन् । यसो हुनुको पछाडि पुरुष नै कारण हुन सक्छन् । तर महिलाले यस बारेमा बुझ्नु जरुरी छ । हाम्रा धार्मिक संस्कारहरु विल्कुल वैज्ञानिक छैनन् । ढोंगी र पुरातनवादी छन् । यदि हाम्रा संस्कारहरु समयसापेक्ष छैनन् भने हामीले छोड्नुपर्छ यसमा कञ्जुसयाई दुनियाँमा कहीं नभएको हम्रो धार्मिक संस्कार छ ।

No comments:
Post a Comment