भुत भन्ने वित्तिकै हामी सबैका नौनाडि गल्छन् । तर थाइल्याण्डमा भने यस्तो अन्धविश्वास छ जसका कारण मानिसहरु भुतसंग डराउने होइन साक्षात्कार गर्न चाहन्छन् । खासगरी मानिसहरु भुतलाई भगवान ठान्छन् र भुतलाई भेट्न सकेमा ठूलो काम बन्ने र चिट्टासमेत पर्ने विश्वासमा हुन्छन् । यसर्थ, त्यहाँका मानिसहरु कथित भुतको खरिद बिक्रीमा संलग्न हुन्छन् । पछिल्लो पटक भने भुतको खरिद बिक्रीको विषयमा निकै अनौठो तथा सुन्दै आङ जिरिंग हुने घटना घटेको छ । एक अस्पतालकी नर्सले भुत भन्दै गर्भपतन गराइएका वा गर्भखेर गएका बच्चाका भ्रुण बेच्ने गरेको खुलासा भएपनि सबैजना छक्क परेका हुन् । उरा सुथ्थीबाग नामकी ती नर्सले मृत भ्रुणलाई बच्चाको भुत भन्दै बोतलमा राखेर मानिसहरुलाई बेच्ने गरेको बताइएको छ । अस्पतालमा गर्भपतन भएका वा खेर गएका भ्रुणलाई जम्मा गरेर एक घरमा लगेर राख्ने र त्यहाँ बोतलमा राखेर मानिसलाई बेच्ने धन्दा उनले गर्दिरहेछिन् ।
आखिर एक जना शिकारीले उनले पूरानो घरमा लुकाएका मृत भ्रुणहरु फेला पारेसंगै प्रहरीलाई खबर गरेपछि ती नर्सको घृणित कर्मको खुलासा भएको हो । प्रहरीले उनलाई त्यसपछि पक्राउ समेत गरेको छ । उनले प्रहरीसामु आफूले चिट्टा हात पार्न भुत खरीद गर्नचाहने मानिसहरुलाई ती भ्रुण बेच्ने गरेको बताएकी छिन् । थाइल्याण्डमा यस्ता बाल भुतलाई लक कर्कको नामले चिनिन्छ । जसमाथि लक कर्कको कृपा पर्छ उसलाई ठूलो चिट्टा पर्ने विश्वास गरिन्छ ।

No comments:
Post a Comment