मनाङ सबैभन्दा अगाडि, न्यूनमा सल्यान

Bookmark and Share 
रासस
काठमाडौं, २० असार ।
    गत महिना सार्वजनिक भएको एसएलसी परीक्षामा सबभन्दा बढी विद्यार्थी उत्तीर्ण हुने जिल्ला कुन होला ? समान्यत: धेरैलाई लाग्न सक्छ काठमाडौं, भक्तपुर वा कुनै सहरी तथा सुगम जिल्लाले यो स्थान प्राप्त गरेको हुनुपर्छ तर यथार्थ त्यस्तो छैन । परीक्षा नियन्त्रण कार्यालय, भक्तपुरले हालै तयार गरेको २०६८ सालको एसएलसी परीक्षाको जिल्लागत नतिजामा दुर्गम जिल्ला मनाङले नपत्याउने गरी सबैभन्दा बढी प्रतिशतमा विद्यार्थी उत्तीर्ण गराएको छ, जहाँ कूल सहभागीमध्ये २ जना मात्रै अनुत्तीर्ण भएका छन् ।
    देशभरबाट कूल ४७.१६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको सो परीक्षामा मनाङ जिल्लाले भने ९३.५९ प्रतिशत विद्यार्थी उत्तीर्ण गराएर आफ्नो कीर्तिमान कायम गरेको छ । तर रमाइलो के छभने सो जिल्लामा जम्मा ७८ जना परीक्षार्थीले मात्र परीक्षा दिएका थिए जसमध्ये ७३ जना उत्तीर्ण भएका हुन् ।
    यसैगरी, सबैभन्दा कम विद्यार्थी हुने जिल्लामा सल्यान परेको छ । यहाँबाट कूल ३ हजार ९ सय ३२ जनाले परीक्षा दिएकामा ५ सय ८ अर्थात मात्र १२.९२ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएको परीक्षा नियन्त्रण कार्यालयको अभिलेखले देखाएको छ ।
    मनाङपछिको दोस्रो जिल्ला पनि अर्काे दुर्गम जिल्ला मुस्ताङ भएको छ, जहाँ १ सय ३२ जना सहभागी भएकामा १ सय १६ जना अर्थात ८७.८८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । त्यसपछि ८३.६३ प्रतिशत ल्याएर तेस्रो जिल्ला बन्ने सौभाग्य ललितपुर बनेको छभने काठमाडौंमा चौथौ अर्थात ८२.४३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
    कार्यालयका अनुसार जिल्लागत परिणाम शून्य भएको जिल्ला भने देखिएको छैन । कार्यालयका उपनियन्त्रक अम्विकाप्रसाद रेग्मीका अनुसार हालसम्म राम्रो वा नराम्रो नतिजा ल्याउने जिल्लालाई कुनै प्रोत्साहन वा सजायको व्यवस्था नभएपनि आगामी दिन परीक्षा सञ्चालन बोर्डले केही निर्णय गर्नसक्ने भएको छ ।
    शिक्षा क्षेत्रका सरोकारवालाहरूले राम्रोलाई प्रोत्साहन र नराम्रोलाई सजायको व्यवस्था गर्न माग गर्दै आएका छन् । त्यसो त सरकारले लगानी गरिरहेको सामुदायिक विद्यालयको समग्र नतिजा यसपटक पनि कमजोर रहेको छ । नतिजाअनुसार २० प्रतिशतभन्दा कम विद्यार्थी उत्तीर्ण हुने जिल्लाहरूमा इलाम, भोजपुर, खोटाङ, उदयपुर, सिरहालगायत छन्

No comments:

Post a Comment