विद्यालयलाई नि:शुल्क जग्गा दान

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
रुकुम, २६ असार ।
    रुकुम पेउघा गाविसको एक विद्यालयलाई स्थानीय एक दम्पतीले रु. तीन लाख मूल्य बराबरको जग्गा नि:शुल्क प्रदान गरेका छन् । प्रगतिशील प्राथमिक विद्यालय पेउघा–५ माथिगाउँलाई स्थानीय राजेन्द्र ओली र पवित्रा ओलीले जग्गा दान गरेका हुन् ।
    स्थानीय समुदायको पहलमा २०६६ सालमा स्थापना गरिएको सो विद्यालयको आफ्नै जग्गा नभएपछि सहयोग गरेको जग्गादाता राजेन्द्रले बताए । जग्गाको अभावमा विद्यालयले निजी घरमा पठनपाठन गरिरहेको छ । आफ्नै स्वामित्वको जग्गा नभएपछि भवन बनाउन नसकिएको र ओली दम्पतीले विद्यालयको नाममा जग्गा दिएपछि भवन बनाउन पहल थालिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चित्रबहादुर खड्काले बताए । 

No comments:

Post a Comment