सुर्खेत, २६ असार ।
संगम युवा क्लवको आयोजना तथा जिल्ला स्वास्थ्य कार्यालयको सहयोगमा मंगलबार एकदिने बैदेशिक रोजगार सम्बन्धी युवायुवतीलाई सचेतना कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार शर्माले बैदेशिक रोजगारीमा जाादा आफू जाने मुलुक, गर्ने काम र लाग्ने पैसाको बारेमा जानकारी राख्नुपर्ने बताए । उनले बैदेशिक रोजगारी मा जानु नेपालीहरुको बाध्यता भएको भन्दै जानु भन्दा अघि सबै कुराको जानकारी राख्नुपर्ने सुझाव दिए ।
कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक मुकुन्दराज गौतमले विदेशमा धन कमाउन गएकाहरु सचेनताको कमीले एचआईभी एड्स बोकेर आउने गरेको भन्दै त्यसतर्फ सबै सचेत रहनुपर्ने बताए । कार्यक्रममा जनसंख्याविद् नारायण सापकोटा र जिल्ला स्वास्थ्य कार्यालयका चेतननिधि वाग्लेले बैदेशिक रोजगारीमा आइपर्ने समस्या र सचेतनाका बारेमा प्रशिक्षण दिएका दिए ।संगम युवा क्लवको आयोजना तथा जिल्ला स्वास्थ्य कार्यालयको सहयोगमा मंगलबार एकदिने बैदेशिक रोजगार सम्बन्धी युवायुवतीलाई सचेतना कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार शर्माले बैदेशिक रोजगारीमा जाादा आफू जाने मुलुक, गर्ने काम र लाग्ने पैसाको बारेमा जानकारी राख्नुपर्ने बताए । उनले बैदेशिक रोजगारी मा जानु नेपालीहरुको बाध्यता भएको भन्दै जानु भन्दा अघि सबै कुराको जानकारी राख्नुपर्ने सुझाव दिए ।
संगम युवा मञ्चका अध्यक्ष निराजन रानाले विदेशमा जाने युवायुवतीहरुका लागि सचेतना दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताए ।
No comments:
Post a Comment