सीप विकास तालिम

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
सुर्खेत, २६ असार ।
    आदिवासी जनजाति महिलाहरुको सिप विकासका लागि समय थोरै भएकाले आगामी दिनहरुमा समय अलि बढाएर तालिम दिएमा विभिन्न सीपहरु सिक्न सकिने एक कार्यक्रमका सहभागीहरुले बताएका छन । आदिवासी जनजाति महिलाहरुको आय आर्जन विकासका गुरुङ महिला संघ सुर्खेतले आयोजना गरको तीन दिने हाते सीप विकास तालिम समापनका सहभागीहरुले यस्तो बताएका हुन ।
कार्यक्रममा आदिवासी जनजाति जिल्ला समन्वय समितिका उपाध्यक्ष टोपबहादुर दर्लामीमगरले थोरै समयमा पनि धेरै प्रगति गरेकोमा खुशी व्यक्त गरे । नेपाल आदिवासी जनजाति महासंघ सुर्खेतका अध्यक्ष मोहन गुरुङले आदिवासी जनजातीहरुको विभिन्न सीप, भाषालगायत पेशा हराउँदै गएकोमा दु:ख व्यक्त गर्दै बचाउनतिर लाग्न सुझाव दिए । कार्यक्रममा राजी शाल्म समाज सुर्खेतका सचिव अशोक राजी, महासंघका सदस्य नन्दा गुरुङ, लोकमाया गुरुङ, प्रशिक्षक निर्मला गुरुङ लगायतले सिकेका सीप अरुलाई पनि सिकाउन आग्रह गरे । गुरुङ महिला संघ सुर्खेतका अध्यक्ष शीला गुरुङको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा गुरुङ, मगर, सुनुवारलगायत करिब ४० जना जनजाति महिलाहरुको सहभागिता रहेको थियो । 

No comments:

Post a Comment