सुर्खेत, २६ असार ।
अनेरास्ववियु सुर्खेतमा गठन भएका दुई समानान्तर कमिटीमध्ये ताराप्रसाद पौडेलको अध्यक्षतमा रहेको कार्यसमितिका चारजनाले आफूहरु उक्त समितिमा नरहेको जनाउँदै डम्बर गरन्जाको अध्यक्षताको समितिमा रहेको जनाएका छन् ।
पौडेलको कार्यसमितिमा रहेका मोहमद जियाउल रहमान, प्रेमबहादुर रावत, लोकबहादुर शाही र हिमा उपाध्यायले मंगलवार संयुक्त विज्ञप्ति प्रकाशित गरी आफूहरु पौडेलको कार्यसमितिमा नरही डम्बर गरन्जाको आधिकारिक कमिटीमा रहेको र संगठनको विधानसम्मत काम गर्न सहमत भएको बताएका छन् । अनेरास्ववियु सुर्खेतमा गठन भएका दुई समानान्तर कमिटीमध्ये ताराप्रसाद पौडेलको अध्यक्षतमा रहेको कार्यसमितिका चारजनाले आफूहरु उक्त समितिमा नरहेको जनाउँदै डम्बर गरन्जाको अध्यक्षताको समितिमा रहेको जनाएका छन् ।
No comments:
Post a Comment