क्यानडामा गरिएको एक अध्ययनले बढी समय टेलिभिजन हेर्ने बच्चाको शरीर भद्दा हुने गरेको देखाएको छ । दुई देखि ४ वर्षउमेर समूहका बच्चाहरुमा टेलिभिजन हेर्ने लत बढ्दै जाँदा त्यसले बच्चा १० वर्षको पुगुन्जेलसम्ममा उसको कम्मरको आकार बढ्ने तथा अरु शरीर पनि भद्दा हुने अध्ययनको निष्कर्ष छ ।
हप्तामा सामान्य भन्दा एक घन्टा बढी टिभी हेरेको खण्डमा पनि कम्मरको मोटाई आधा मिलिमिटरले बढ्ने र मांशपेशीको गठिलोपन पनि हराउँदै जाने अध्ययनकर्ताहरु बताउँछन् । त्यसैले बच्चाहरुलाई दिनमा २ घन्टाभन्दा बढी टेलिभिजन हेर्न दिन नहुने सल्लाह उनीहरुको छ । टेलिभिजन बढी हेर्ने लतले बच्चालाई भद्दा बनाउने तथा मोटोपनको समस्या ल्याउने मात्र नभै मांशपेशी समेत कमजोर बनाउने तथा बच्चाको खेलकुद क्षमता समेत घटाउने तर्क शोधकर्ताहरुको छ । यस्तो असर बढ्दै जाँदा बच्चामा बाल्यकालदेखिनै मोटोपनको समस्या देखिने र त्यसले पछि गएर विभिन्न प्रकारका स्वास्थ्य समस्याका साथै मुटुरोगको समेत खतरा बढाउने उनीहरु बताउँछन् । (एजेन्सीको सहयोगमा)
No comments:
Post a Comment