मेडल पाउन घोडाको मासु

    काजकिस्तानका खेलाडिहरुले आसन्न लण्डन ओलम्पिकमा देशका लागि पदक जित्नका लागि घोडाको मासुबाट बनेका परिकार खाने भएका छन् । लण्डन ओलम्पिकमा राम्रो प्रदर्शन गर्दै पदक जित्ने सम्भावना बढाउनका लागि उनीहरुले घोडाको मासुबाट बनेको ससेज तथा कबाब बेलायत लैजाने भएका हुन् । कजाकिस्तानका खेल अधिकारीहरुले यो परम्परागत भोजनले आफ्ना खेलाडिहरुको प्रदर्शन सुधार्न मद्दत गर्ने विश्वास व्यक्त गरेका छन् ।
घोडाको मासुले पदक जिताउने अपेक्षा काजकिस्तानका खेलाडि र खेल अधिकारीहरुको रहेपनि यस्तो मासुको परिकार बेलायत लैजानका लागि बेलायत सरकारले इजाजत दिने नदिनेबारेमा भने केही टुंगो लागिसकेको छैन । बेलायतमा मासु आयातमा निकै कडा नियम छ । दुई हप्तापछि सुरु हुने लण्डन ओलम्पिकमा काजकिस्तानका १ सय १४ जना खेलाडि सहभागि हुँदैछन् । काजकिस्तानले मुख्यतया बक्सिङ, कुस्ती तथा भारत्तोलन लगायतका खेलमा पदकको आशा गरेको छ । उनले अहिलेसम्म ओलम्पिकमा ९ स्वर्ण जितिसकेका छन् ।

No comments:

Post a Comment