भोल्टेज बढी हुने उपकरण प्रयोग गर्ने ग्राहकको लाइन काटिने

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
जाजरकोट, ३ साउन ।
सांटारिसाङ लघु जलविद्युत आयोजना जाजरकोटले वढी लोड तान्ने उपकरणहरु प्रयोग गर्ने ग्राहकहरुको विद्युत लाइन काट्ने चेतावनी दिएको छ ।  आयोजनाले बुधवार एक सूचना जारी गरी ग्राहकहरुको गुनासो र विद्युत क्षमतालाई मध्यनजर गर्दै फिलामेन्ट बल्व, फ्रिज, राइसकुकरलगायत अन्य बढी क्षमता भएका उपकरण प्रयोग गर्ने उपभोक्ताहरुको लाइन काट्ने चेतावनी दिएको हो  ।
    केही ग्राहकहरुको अटेरीपनले गर्दा क्षमता भन्दा बढी विद्युत खपत हुँदा भोल्टेज कम भइ आवश्यक काम गर्नलाई समस्या भैरहेकोले बढी लोड हुने उपकरण प्रयोग नगर्न आग्रह गरिएको उपभोक्ता समितिका अध्यक्ष लीलाबहादुर शाहले बताए । आयोजनाले सूचना प्रकाशित गरेको पाँच दिनभित्र आयोजनाद्वारा निषेधित सामग्रीहरु नहटाएमा र प्रयोग गरेको भेटिएमा लाइन काटिने आयोजनाले जनाएको छ ।
    यसअघि पनि आयोजनाले वढी विद्युत खपत भएको भन्दै २ हजार फिलामेन्ट वल्ब हटाउनका साथै अटेर गर्ने उपभोक्ता तथा सरकारी कार्यालयहरुको विद्युत लाइन काटेको थियो । स्थानीय सांटारिसाङ खोलाबाट ९८ किलोवाट उत्पादित विद्युतले १ हजार २ सय घरधुरी र सदरमुकामस्थित सरकारी तथा गैरसरकारी कार्यालयलाई सेवा उपलब्ध गराउँदै आएको छ ।

No comments:

Post a Comment