सुर्खेत, ३ साउन ।
हिन्दी चलचित्रका पहिलो सुपरस्टार राजेश खन्नाको ७० वर्षको उमेरमा निधन भएको छ । उनी लामो समयदेखि विरामी रहेका थिए । उनको आज विहीबार अन्तिम संकार गरिने भारतीय संचार माध्यमहरुले जनाएका छन् । खन्नाले १९६० र ७० को दशकमा पर्दामा रोमान्सलाई नयाँ पहिचान दिएका थिए ।
राजेश खन्ना एक ट्यालेन्ट हन्ट प्रतियोगिताको विजेता बनेर बलिउडमा प्रवेश गरेका थिए । जतिनबाट राजेश खन्ना: युनाइटेड प्रोड्युसर्स र फिल्मफेयरले सन् १९६५ मा आयोजना गरेको ट्यालेन्ट हन्टमा १० हजारभन्दा बढी सहभागीलाई पछि पार्दै खन्ना विजेता बनेका थिए ।
ट्यालेन्ट हन्टको विजेता बनेपछि अमृतसरमा जन्मिएका जतिन खन्ना फिल्म नगरीमा प्रवेश गरे र राजेश खन्ना बने । उनले दिलीपकुमार, देवानन्द र राजकपुरको त्रिमूर्ति हिन्दी चलचित्रमा छाइरहेका बेला रोजश खन्नाले बलिउडमा आफ्नो स्थान बनाएका थिए । खन्नाले सुरुमा ‘आखिरी खत’, ‘बहारोंके सपने’ र ‘राज’ जस्ता चलचित्रमा अभिनय गरे ।हिन्दी चलचित्रका पहिलो सुपरस्टार राजेश खन्नाको ७० वर्षको उमेरमा निधन भएको छ । उनी लामो समयदेखि विरामी रहेका थिए । उनको आज विहीबार अन्तिम संकार गरिने भारतीय संचार माध्यमहरुले जनाएका छन् । खन्नाले १९६० र ७० को दशकमा पर्दामा रोमान्सलाई नयाँ पहिचान दिएका थिए ।
राजेश खन्ना एक ट्यालेन्ट हन्ट प्रतियोगिताको विजेता बनेर बलिउडमा प्रवेश गरेका थिए । जतिनबाट राजेश खन्ना: युनाइटेड प्रोड्युसर्स र फिल्मफेयरले सन् १९६५ मा आयोजना गरेको ट्यालेन्ट हन्टमा १० हजारभन्दा बढी सहभागीलाई पछि पार्दै खन्ना विजेता बनेका थिए ।
तर, सन् १९६९८ मा रिलिज भएको ‘आराधना’ राजेशलाई रातारात स्टार बनाइदियो र उनले सुपरस्टारको उपमा दिन थालियो । राजेश खन्नाको सन् १९६९ देखि १९७२ को बीचमा लगातार १५ फिल्म हिट भयो । फिल्म पण्डितहरु खन्नाको यो रेकर्ड अहिलेसम्म पनि कसैले तोड्न नसक्ने बताउँछन् । सन् १९७६ मा राजेश खन्नाका फिल्म बक्स अफिसमा कमजोर हुनथाल्यो, जतिवेला हिन्दी फिल्ममा दोस्रो र सबैभन्दा ठूला सुपरस्टार अमिताभ बच्चन हिन्दी सिनेमामा छाएका थिए । १९८० सम्म अभिनय गरेका उनले निर्माणको काम समेत गरेका
थिए । सन् १९९० को दशकमा फिल्मबाट विदा लिएका खन्नाले १९९१ मा राजनीति सुरु गरे ।
कांग्रेसबाट टिकट पाएपछि खन्नाले लोसकभाको चुनाव लडे र नयाँदिल्ली लोकसभा क्षेत्रबाट सांसद बने भने राजीव गान्धीको आग्रहका कांग्रेसको चुनाव प्रचारप्रसारमा समेत जुटे । ‘काका’ नामबाट समेत परिचित खन्नाले मार्च १९७३ मा डिम्पल कापडियासंग विवाह गरेका थिए ।
पछि छुट्टिएका दुबैले डिभोर्स भने गरेनन् । विरामी भएको बेला खन्नालाई डिम्पलले हेरचाह गरेकी थिइन् । राजेश र डिम्पलका दुई छोरी ट्वींकल र रिंकीले पनि बलिउडमा अभिनय गरिसकेका छन् । ट्वींकलले अक्षयकुमारसंग विवाह गरेकी छिन् ।

No comments:
Post a Comment