अभिनयको सफलता पश्चात हिरो जीवन लुईटेल फिल्म प्रोडक्सनमा आउने तयारीमा जुटेका छन् । उनले निर्माण गर्ने फिल्ममा अनसिन प्रोड्यूसर अरु कति हुने हो त्यो पछि थाहा होला तर यो बर्षको अन्त्यसम्म मिस्टर लुईटेलले निर्माताको पनि व्याग भिर्ने भएका छन् । सोमबार रिदम फिल्मको शुभ मुहुर्तमा उनले आफू प्रोडक्सनमा आउन लागेको रहस्य खोलेका हुन् । उनले आफ्नो पहिलो प्रोडक्सनको फिल्ममा निर्देशकको रुपमा गणेशदेव पाण्डेलाई लिने पनि खुलाए । उनले भने, ‘रस आवरमा पनि मालतीको भट्टीको मेकिङ जुन रुपले राम्रो बनाउने कोसिस गणेश जीले गर्नुभएको छ त्यसको मूल्यांकन गर्दै मैले उहाँलाई लिएर फिल्म निर्माण गर्न सोच बनाएको हुँ ।’
यस्तै जीवनले प्रोडक्सनको केही बर्ष अनुभवपश्चात डाइरेक्सनमा पनि जम्प गर्ने बताए । एभिन्यूज टेलिभिजनमा न्यूज पढ्दा पढ्दै हिरो भएका लुईटेल पछिल्लो समय ब्यस्त रहने हिरोको सूचीमा अग्र पंक्तिमा छन् । उनका केही पाइपलाइन प्रोजेक्ट अझै बाँकी छन् । जाउँ हिड पोखराको सुटिङबाट फ्रि भएको डेढ हप्ता पश्चात उनी रिदममा ब्यस्त भएका हुन् । उनीद्वारा अभिनित मालतीको भट्टी अहिले देशभरिका अधिकांश हलमा सफलता पूर्व रिलिज भइरहेको रिपोर्टप्राप्त भएको छ । रिलिज भएको दिन देखि आइतबार सम्म सो फिल्मले ५६ लाख ग्रस मार्क गरेको निर्माता प्रदीप उदयको दावी छ ।

No comments:
Post a Comment