आँपडाली खोलामा पक्की पुल

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
सुर्खेत, २ साउन ।
    वीरेन्द्रनगर–२ स्थित आँपडाली खोलामा पक्की पुल बनेको छ । गत मंसिरबाट निर्माण कार्य थालिएको उक्त पुल ८ महिनामै निर्माण पूरा भएको हो । ५७ लाखमा ठेक्का लिएपनि पुल निर्माणमा करिव ६२ लाख ७२ हजार रुपैयाँ खर्च भएको बताइएको छ ।
साढे १६ मीटर लम्बाई र ७ मीटर चौडाइ रहेको उक्त पुलको ठेक्का खड्कबहादुर खड्काले लिएका थिए । पुल निर्माण भएपछि आवागमनमा सहज भएको स्थानीय धनबहादुर बोगटीले बताए । 

No comments:

Post a Comment