२८ बर्षकी कट्रिना

    बलिउडकी नम्बर वान अभिनेत्री कट्रिना कैफको सोमबार जन्मदिन हो । १९८४ को जुलाई १६ मा जन्मिएकी कट्रिना २८ वर्ष पुगेकी छिन् । कट्रिनाले आफ्नो जन्मदिन भव्यताका साथ मनाउँछिन् भन्ने धेरैको अनुमान हुनसक्छ । तर यो अनुमान गलत सावित भएको छ । कट्रिना कैफ आजकल यतिधेरै व्यस्त छिन् कि उनलाई आफ्नो स्पेशल डे मनाउन पनि फुर्सद छैन । उनले जन्मदिन मनाउन छुट्टी पनि लिएकी छैनन् । तर उनका साथीसंगीहरु भने उनलाई जन्मदिनको सरप्राइज दिने तयारीमा जुटेका थिए । कट्रिना वर्षैभरी नै व्यस्त रहन्छिन् किनकि उनी बलिउडकी सर्वाधिक डिमान्डिङ हिरोइन हुन् ।
तथापि जन्मदिनको दिन फुर्सद निकालेर विशेष पार्टी गर्दै साथीसंगी र आफन्तजनलाई भोज खुवाउनुपर्ने हो । तर उनले कुनै पार्टी गर्ने योजना बनाइनन् । उनले आफ्नो जन्मदिनमा आफूले कुनै विशेष योजना नबनाएको खुलासा गर्दै आफ्नो व्यवसायिक प्रतिबद्धता पूरा गर्न जरुरी रहेकाले आफूले जन्मदिनको दिन पनि काममा व्यस्त भएको बताइन् । एक सर्वेक्षणले कट्रिनालाई दुनियाँकै सबैभन्दा सेक्सी महिलाको रुपमा समेत उभ्याएको थियो । यस्ती सेक्सी हिरोइनलाई बलिउडमा फुर्सद मिल्ने कुरै भएन । त्यसैले होला उनलाई बलिउडमा खान खानदान खुबै फापेको छ । उनले सलमान खानसंग पछिल्लो समयमा एक था टाइगर, आमिर खानसंग धूम–३ तथा शाहख खानसंग यश चोपडाको फिल्ममा देखा पर्दैछिन् ।
    कट्रिनाका निकटवर्ती स्रोतहरुका अनुसार पछिल्ला केही महिनादेखि उनी यतिधेरै व्यस्त छिन् कि उनले दिनमा १९ घन्टासम्म काम गर्छिन् । त्यसैले यो पटकको जन्मदिन उनका लागि वर्किङ बर्थडे भएको छ । अझ यो बेला उनको घरको मर्मको काम भैरहेकाले पनि आफ्नो घरमा पार्टी गर्न सम्भव नभएकोले पनि उनलाई हाइसन्चो भएको छ । कट्रिनाले अहिले पनि सलमान खानको फिल्म एक था टाइगरको डविङ गरिरहेकी छिन् । यसका साथै उनले यश चोपडाको फिल्मको एक गीतको रिहर्सल समेत गरिरहेकी छिन् र धूम–३ का लागि समेत तालिम गरिरहेकी छिन् । धूम–३ को शुटिङका लागि कट्रिना आउँदो हप्ता अमेरिका जाँदैछिन् । धन्य कट्रिना, उनलाई आफ्नो जन्मदिन मनाउने फुर्सद छैन । तर उनका लागि भूपू मायालु सलमान खानले विशेष कार्यक्रम आयोजना गर्दैछन् । कट्रिनाको जन्मदिन मनाउन सलमानले विशेष कार्यक्रम गर्ने भनिएपनि त्यो के हुने भन्ने बारेमा भने गोप्य नै राखेका छन् । उनी अन्तिममा कट्रिनालाई सरप्राइज दिन चाहन्छन् । सलमानको उक्त कार्यक्रममा केही नजिकका साथीहरु तथा परिवारजन उपस्थित हुनेछन् । साथै यसमा रात्रीकालिन पार्टी समेत हुनेछ । सम्भवत यो पार्टी बान्द्रामा हुने बताइएको छ । कट्रिनाका लागि सलमानले गरेको उक्त पार्टीमा रणवीर कपूर समेत उपस्थित भएको बताइएको छ ।
    सन् २००३ मा बलिउडमा डेब्यु गरेकी कट्रिना छोटो समयमै निकै बेफुर्सदी बनिसकेकी छिन् ।

No comments:

Post a Comment