सुर्खेत (मेहेलकुना), २३ असार ।
पूर्वी सुर्खेतको सहारे गाविसमा ७ लाखको लागतमा ८ किलोमीटर सडक निर्माण गरिएको छ । वडा नं. २ र ३ बाट ३० हजार, गाविसबाट ५० हजार, जिविसबाट १ लाख र बाँकी ५ लाख ९५ हजारको स्थानीय जनश्रमदान गरी ७ लाख ७५ हजारको लागतमा स्वास्थ्यचौकीदेखि सिमखोरिया, गरगरे, गैरीगाउँ, जलुकेनी हुदैं ओखले विद्यालयसम्म करिव ८ किलोमीटर ग्रामीण कृषि सडक निर्माण गरिएको हो ।
गत जेठ २६ गतेदेखि निर्माण गर्न सुरु गरिएको उक्त सडक यही असारको तेस्रो साता सम्पन्न भएको सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष गीताराम थापाले बताए । सुरुमा सडक सानो भएकोले बर्षा याममा आवतजावत गर्न नमिल्ने, विरामीलाई स्वास्थ्यचौकीसम्म बोकेर लैजान नमिल्ने भएकोले सडक अलि फराकिलो र ठूलो बनाउनु परेको उनको भनाइ छ । पूर्वी सुर्खेतको सहारे गाविसमा ७ लाखको लागतमा ८ किलोमीटर सडक निर्माण गरिएको छ । वडा नं. २ र ३ बाट ३० हजार, गाविसबाट ५० हजार, जिविसबाट १ लाख र बाँकी ५ लाख ९५ हजारको स्थानीय जनश्रमदान गरी ७ लाख ७५ हजारको लागतमा स्वास्थ्यचौकीदेखि सिमखोरिया, गरगरे, गैरीगाउँ, जलुकेनी हुदैं ओखले विद्यालयसम्म करिव ८ किलोमीटर ग्रामीण कृषि सडक निर्माण गरिएको हो ।
सडक ठूला बनाइएपछि गाउँमा उत्पादित तरकारीपनि बजारसम्म ल्याउन सजिलो भएको छ । सुरुमा त्यहाँका १ सय ४४ घरधुरीले १५ सयदेखि १० हजार रुपैयाँसम्म रकम जम्मा गरी सडक बनाउन लागेपछि जिविस, गाविस र वडाहरुले बजेट दिएको उनले बताए ।
८ किलोमीटर सडक निर्माण भएपछि सहारे गाविसमात्र होइन छिमेकी गाविस मालारानी तथा सल्लान जिल्ला जाने बासिन्दाहरुलाई पनि सजिलो भएको छ ।
No comments:
Post a Comment