जाजरकोट ४ साउन ।
सरकारले झाडापखाला, हैजालगायत महामारीजन्य प्रकोप फैलन नदिन देशभर उच्च सर्तकता अपनाइएको बताइरहेको बेला प्रकोपको उच्च जोखिममा रहेको जाजरकोटमा भने ८३ जना स्वास्थ्यकर्मीको पदपूर्ति हुन सकेको छैन ।
४० जना स्वास्थ्यकर्मीको पदपूर्ति लामो समयदेखि हुन सकेको छैनभने हालै थप ४३ जना स्वास्थ्यकर्मीको दरबन्दी खाली भएको छ । करारमा नियुक्त गरिएका २२ जना स्वास्थ्यकर्मीको असार मसान्तमा म्याद सकिएको, १३ जनालाई हालै एकै पटक सरुवा गरिएको र ८ जना ६ महिने तालिममा गएपछि एकै पटक ४३ जना स्वास्थ्यकर्मीको पद रिक्त भएको जिल्ला स्वास्थ्य प्रमुख डा. विवेककुमार लालले जानकारी दिए । जसले गर्दा उपचार सेवामासमेत प्रभावित भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार जनस्वास्थ्य अधिकृत एक, मेडिकल अधिकृत एक, रेडियोग्राफर एक, स्वास्थ्य सहायक ४, स्टाफ नर्स २, अहेव ४, अनमी ६ र १९ जना स्वास्थ्यकर्मीको पद लामो समयदेखि खाली
छ । त्यसैगरी जाजरकोटमा दरबन्दी भएका तीन जना काजमा जिल्ला बाहिर बसेका छन् । स्वास्थ्य सहायक धनिकलाल यादब ५ बर्षदेखि सम्पर्कमा नभएको, स्टाफ नर्स पुष्पा ढकाल अध्ययन विदामा गएको र अर्की स्टाफ नर्स भगवती बोहराको दुई महिना अघि नियुक्ति आएको भएपनि हालसम्म हाजिर हुन नआएको कार्यालयले जनाएको छ । त्यसैगरी एकीकृत जनस्वास्थ्य अभियान अन्तर्गत गतबर्ष करारमा नियुक्त गरिएका २२ जना अहेव र अनमीको म्याद असार मसान्तमा सकिएको हुँदा थप समस्या परेको छ ।
गत असारमा १३ जना स्वास्थ्यकर्मीको विभागले एकै पटक सरुवा गरेपछि जिल्लामा स्वास्थ्यकर्मीको अभाव हुने क्रम बढ्दै गएको जिल्ला स्वास्थ्य प्रमुख डा. लालले बताए । कतिपय स्वास्य संस्थामा खोप लगाउने र सुत्केरी गराउने स्वास्थ्यकर्मीको अभाव भएको उनको भनाइ छ । महामारी तथा प्रकोप फैलिएको अवस्थामा भएको जनशक्तिले थेग्न सक्ने अवस्था नभएको हुँदा आवश्यक स्वास्थ्यकर्मीको ब्यवस्था गरिदिन विभागमा माग गरिएको डा. लालले बताए ।
यो समय झाडापखाल तथा महामरीजन्य प्रकोप फैलन सक्ने समय भएको अवस्थामा जिल्लाका ग्रामीण क्षेत्रमा रहेका अधिकांश स्वास्थ्य संस्थामा दरबन्दी अनुसारका स्वास्थ्कर्मी नहुँदा उपचारमा समस्या भएको स्थानीयको भनाइ छ । बर्षातको समयमा पानी दुषित हुने र त्यही फोहर पानी पिउँदा पानी जन्य रोगको संक्रमण बढ्ने स्वास्थ्यकर्मीको भनाइ छ ।

No comments:
Post a Comment