सुर्खेत, ३ साउन ।
सुर्खेतमा सधैंजसो कम भोल्टेजको विद्युत आउने गरेको छ । कम भोल्टेजको विद्युतले न साना उपकरण राम्रोसंग चलेको छ नत मेसिनहरु नै । जसले गर्दा विद्युतीय मेसिनका संचालकहरु आजित भएका छन् ।
२२० भोल्टेज आउनुपर्नेमा सुर्खेतमा बढीमा १९० भोल्टेजमात्रै आउने गरेको छ । कम भोल्टेजले पंखा, कम्प्यूटरसमेत रामरी चल्न नसकेको व्यवसायीहरु बताउँछन् । नवदुर्गा छापाखानाका संचालक पंचरत्न शर्माले कम भोल्टेजले गर्दा आफ्नो व्यवसाय प्रभावित भएको बताउँछन् । राम्रोसंग पनि कम्प्यूटर चल्न नसक्ने भोल्टेजले गर्दा ठूलो क्षमताका स्टेवलाइजर राख्न बाध्य भएको गुनासो गरे । कम भोल्टेजको विद्युतले खर्चसमेत दोव्वर भएको उनको भनाइ छ ।
त्यसैगरी आफ्ना ३ वटा अफसेट मेसिन पनि कम भोल्टेजको विद्युतले प्रभावित भएको उनले बताए । सुर्खेतलगायत हिमाली जिल्लाका सरकारी तथा गैरसरकारी संस्थाका छपाईसम्वन्धी काम गर्ने उक्त अफसेट प्रेसमा कम भोल्टेजले गर्दा ग्राहकको हप्की खानुपरेको संचालक शर्माले बताए । यस्तै सुर्खेतमा कम भोल्टेजको विद्युतले काम नै नगर्ने अन्य व्यापारीहरु बताउँछन् । उनीहरुले कम भोल्टेजले खर्च दोव्वर भएको गुनासो गरेका छन् । सुर्खेतमा सधैंजसो कम भोल्टेजको विद्युत आउने गरेको छ । कम भोल्टेजको विद्युतले न साना उपकरण राम्रोसंग चलेको छ नत मेसिनहरु नै । जसले गर्दा विद्युतीय मेसिनका संचालकहरु आजित भएका छन् ।
२२० भोल्टेज आउनुपर्नेमा सुर्खेतमा बढीमा १९० भोल्टेजमात्रै आउने गरेको छ । कम भोल्टेजले पंखा, कम्प्यूटरसमेत रामरी चल्न नसकेको व्यवसायीहरु बताउँछन् । नवदुर्गा छापाखानाका संचालक पंचरत्न शर्माले कम भोल्टेजले गर्दा आफ्नो व्यवसाय प्रभावित भएको बताउँछन् । राम्रोसंग पनि कम्प्यूटर चल्न नसक्ने भोल्टेजले गर्दा ठूलो क्षमताका स्टेवलाइजर राख्न बाध्य भएको गुनासो गरे । कम भोल्टेजको विद्युतले खर्चसमेत दोव्वर भएको उनको भनाइ छ ।
कम भोल्टेजको विद्युतले पाउने सास्तीका साथै पटकपटक अवरुद्ध हुने विद्युतले पनि सुर्खेतबासी आजीत छन् । आन्तरिक लोडसेडिङ हटाएको दावी सुर्खेत विद्युत प्राधिकरणले गरेपनि दिन रात र बेलुकापख पटकपटक विद्युत अवरुद्ध भइरहेको छ । नियमित लोडसेडिङ साताको ४२ घन्टा त छँदैछ । दुई दिन विरुद्ध अवरुद्ध हुँदा यहाँका दैनिक पत्रपत्रिका र एफएम रेडियोहरु पूर्णरुपमा प्रभावित बनेका थिए ।
यता विद्युत प्राधिकरण सुर्खेतले कम भोल्टेजको विद्युतको सम्वन्धमा टनकपुरबाट नै कम भोल्टेजको आएकोले आफूहरुले केही गर्न नसक्ने बताएको छ । टनकपुरबाट ३३ केभी आउने भनिएपनि अहिलेसम्म २७–२८ केभी भोल्टेजमात्रै आउने गरेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका लेखाअधिकृत गोविन्द ढकालले टनकपुरबाट ३३ केभीको विद्युत आए सुर्खेतको बुदबुदीमा रहेको सवस्टेशनले ११ केभी दिने र यहाँका चार वटा फिडरलाई उपलव्ध गराई २२० भोल्टेजको विद्युत दिने भएपनि उताबाट कमै आउने भएकोले बढीमा १७० देखि १९० भोल्टेजमात्रै दिने गरेको बताए । टनकपुरबाट बढी भोल्टेज आएमा २२० नै उपलव्ध गराउने उनको भनाइ छ । यस्तै मंगलवार पटकपटक विद्युत अवरुद्ध हुने समस्या भने कोहलपुर स्टेशनबाटै भएको सुर्खेत प्राधिकरणले जनाएको छ । आइतवार र सोमवार भने कोहलपुर–सुर्खेत प्रसारण लाइनमै खराबी भएकोले बन्द भएको थियो । सुर्खेतबासीका लागि विद्युतको समस्या कुनै नौलो होइन । यहाँका बासिन्दाहरु नियमित लोडसेडिङ, आन्तरिक लोडसेडिङ, कम भोल्टेजको विद्युतलगायत थुप्रै समस्याहरु भोग्न बाध्य छन् तर हाइएक्सटेन्सन टावर विद्युतको लागि दवाव दिन अघि नसरेको सरोकारावालाहरु बताउँछन् ।

No comments:
Post a Comment