सुर्खेत, १ साउन ।
वीरेन्द्रनगर नगरपालिकाको वडा नं. ३ र १२ लाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिएको छ । शनिवार वडा नं. १२ लाई र आइतवार वडा नं. ३ लाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिएको हो ।
वडा नं. ३ र १२ खुल्ला दिसामुक्त क्षेत्र हुने मध्यपश्चिम विकास क्षेत्रकै पहिलो नगरपालिकाका पहिला वडाहरु भएको दावी वीरेन्द्रनगर नगरपालिकाले गरेको छ । एन्फो र नगरपालिकाको संयुक्त साझेदारीमा ती वडाहरु खुल्ला दिसामुक्त भएका हुन् ।
आइतवार वडा नं. ३ लाई वीरेन्द्रनगर नगरपालिकाका कार्यकारी अधिकृत यामलाल ढकालले खुल्ला दिसामुक्त घोषणा गरे । उनले नगरपालिकाको वडा नं. ३ खुल्ला दिसामुक्त भएपछि सभ्यताको परिचायक बनेको बताउँदै सधैं सफा राख्नसमेत सुझाव दिए । कूल ५ सय ४ घरधुरी वीरेन्द्रनगर नगरपालिकाको वडा नं. ३ र १२ लाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिएको छ । शनिवार वडा नं. १२ लाई र आइतवार वडा नं. ३ लाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिएको हो ।
वडा नं. ३ र १२ खुल्ला दिसामुक्त क्षेत्र हुने मध्यपश्चिम विकास क्षेत्रकै पहिलो नगरपालिकाका पहिला वडाहरु भएको दावी वीरेन्द्रनगर नगरपालिकाले गरेको छ । एन्फो र नगरपालिकाको संयुक्त साझेदारीमा ती वडाहरु खुल्ला दिसामुक्त भएका हुन् ।
रहेको वडा नं. ३ मा ४ सय ४० पक्की शौचालय छन्भने ३२ वटा कच्ची शौचालय छन् । यस्तै ३२ वटा बायोग्यासजडित शौचालय निर्माण भएका छन् ।
कार्यक्रममा क्षेत्रीय सुपरीवेक्षण तथा अनुगमन कार्यालयका सिनियर डिभिजनल इन्जिनियर सुरेश महाजु, जिविसका योजना अनुगमन तथा प्रशासकीय अधिकृत कृष्ण खरेल, एन्फोका सुमन शाक्य, राजेश अधिकारी, शिक्षक मोहन गौतम, समाजसेवी भक्तिप्रसाद सापकोटा, नगरपालिकाका अनुमगन तथा प्रशासन अधिकृत प्रकाश पौडेल, कांग्रेसका देवकुमार सुवेदी, एमालेका निलकण्ठ खनाललगायतले आ–आफ्ना धारणा राखेका थिए । वडा सचिव भूपति अधिकारीको सभापतित्वमा कार्यक्रम भएको थियो ।
त्यसअघि शनिवार विहान वडा नं. १२ लाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिएको थियो । कूल ३ सय ७४ घरधुरी रहेको उक्त वडामा ३ सय ३१ पक्की, १ कच्ची र ४२ वटा बायोग्याँस जडित शौचालय निर्माण भएको नगरपालिकाका प्रशासन तथा अनुगमन अधिकृत प्रकाश पौडेलले बताए । खुल्ला दिसामुक्त वडा घोषणा कार्यक्रममा क्षेत्रीय अनुगमन तथा सुपरीवेक्षण कार्यालयका क्षेत्रीय निर्देशक रामनिवास चौधरी, वीरेन्द्रनगर नगर पालिकाका कार्यकारी अधिकृत यामलाल ढकाल, जिविसका योजना तथा अनुगमन अधिकृत कृष्ण खरेल, राजनीतिक दलका प्रतिनिधि लगायतले बोलेका थिए । कार्यक्रम वडा सचिव कृष्णलाल आचार्यको सभापतित्वमा भएको हो । यस आर्थिक बर्षमा २ वटा र आगामी आर्थिक बर्षमा वडा नं. १, २, ७ र ११ लाई खुल्ला दिसामुक्त घोषणा गरिने अधिकृत पौडेलले बताए ।
No comments:
Post a Comment