बृद्धाबृद्धाको स्वास्थ्य परीक्षण

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
सुर्खेत, १ साउन ।
    विश्व जनसंख्या दिवसको अवसरमा मेरी स्टोप्स सेन्टरले उत्तरगंगा–८ मा रहेको प्रशान्ति बृद्धाश्रमका बृद्धाबृद्धाहरुको स्वास्थ्य परीक्षण गरेको छ । शनिवार स्टोप्सका डा. आर.के. मण्डलसहितको टोलीले ५५ जना बृद्धाबृद्धाहरुको स्वास्थ्य परीक्ष्ण गरेको मेरी स्टोप्स सेन्टर सुर्खेतका संयोजक कृष्ण केसीले बताए ।
    बृद्धाबृद्धाहरुका लागि नवज्योति केन्द्रले नि:शुल्क औषधि सहयोग प्रदान गरेको थियो । उक्त कार्यक्रममा केन्द्रका गीता बस्याल, सीता शाही, मंगल चौधरी, देवी कार्की, प्रशान्ति बृद्धाश्रमका सचिव चेत अधिकारी लगायतको उपस्थिति रहेको संयोजक केसीले जानकारी दिए । 

No comments:

Post a Comment