सुर्खेत, १ साउन ।
वीरेन्द्रनगर बहुमुखी क्याम्पसका आंशिक प्राध्यापकहरुले गत असार १७ गते थालेको आन्दोलन स्थगित गरेका छन् । सोमवार क्याम्पस व्यवस्थापन समितिद्वारा गठित वार्ता टोली र प्राध्यापकहरुवीच भएको वार्तामा आफ्ना मागहरुलाई न्यायोचित सम्बोधन गर्न १५ दिनभित्र प्रतिवेदन पेश गर्ने सहमति भएपछि यही साउन २२ गतेसम्मलाई आन्दोलन स्थगित गरिएको हो ।
आंशिक प्राध्यापक संघ संघर्ष समितिले सोमवार विज्ञप्ति प्रकाशित गरी १५ दिनभित्र प्रतिवेदन पेश गर्ने र त्यसको एक साताभित्र क्याम्पस प्रमुख वा कार्यवाहक प्रमुख नियुक्त गर्नेलगायत आन्तरिक प्रक्रियाबाट रिक्त तथा आवश्यक नयाँ पद सिर्जना गरी पदपूर्तिको प्रक्रिया अगाडि बढाउने, मप विश्व विद्यालयमा समायोजनपूर्व सवै आंशिक, लियन, करार तथा अस्थायी प्राध्यापक तथा कर्मचारीहरुलाई स्थायी गर्ने सम्वन्धमा क्याम्पस व्यवथापन समितिमा यथासिघ्र निर्णय गराउन पहल गर्ने समिति भएको जनाइएको छ । वीरेन्द्रनगर बहुमुखी क्याम्पसका आंशिक प्राध्यापकहरुले गत असार १७ गते थालेको आन्दोलन स्थगित गरेका छन् । सोमवार क्याम्पस व्यवस्थापन समितिद्वारा गठित वार्ता टोली र प्राध्यापकहरुवीच भएको वार्तामा आफ्ना मागहरुलाई न्यायोचित सम्बोधन गर्न १५ दिनभित्र प्रतिवेदन पेश गर्ने सहमति भएपछि यही साउन २२ गतेसम्मलाई आन्दोलन स्थगित गरिएको हो ।
साउन २२ गतेसम्म सहमति अनुसार काम नभएमा पुन: कडा संघर्ष गर्ने चेतावनी दिदैं आन्दोलनप्रति ऐक्यवद्धता जनाउने सवैलाई धन्यवादसमेत दिइएको समितिका संयोजक डी.वी. गुरुङद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।
क्याम्पस व्यवस्थापन समितिले कमलेश डीसीको संयोजकत्वमा ६ सदस्यीय वार्ता समिति गठन गरेको थियो । समितिमा देवकुमार सुवेदी, गोविन्दप्रसाद सुवेदी, टेकेन्द्र बस्नेत, जनक सुनार, दानसिंह विक छन् ।
सुरुमा दुई दिन पेन डाउन गरेका आंशिक प्राध्यापकहरुले त्यसपछि अनिश्चितकालीन क्याम्पस बन्द गराएका थिए ।
No comments:
Post a Comment