नेपालगन्ज, ३ साउन ।
ग्लोबल बैंक लिमिटेडले बाँके र बर्दिया जिल्लाका कृषकका लागि कृषि कर्जा कार्यक्रम सञ्चालनमा ल्याएको छ । बैंकले केएल दुगड ग्रुपसंगको सहकार्यमा ती दुई जिल्लाका कृषकलाई बिमासहितको कर्जा प्रवाह गर्ने जनाएको छ । बैंक, दुगड ग्रुप र कृषकको त्रिपक्षीय समझदारीमा लगानी गरिने कृषि कर्जा कार्यक्रमअन्तर्गत समेटिएका कृषकले उत्पादन गरेका कृषि सामग्री दुगड ग्रुपले खरिद गर्ने र सोवापतको रकम बैंकमार्फत कृषकलाई उपलब्ध गराइने व्यवस्था मिलाइएको छ ।
त्यसका लागि नेपालगन्जमा कृषकले भण्डारण गर्ने स्टोर कम्पनीको व्यवस्था गरेपछि चालु आर्थिक वर्षको सुरुवातदेखि कर्जा प्रवाह थालिने दुगड ग्रुप नेपालगन्जका प्रबन्धक प्रदीप छाछेडले बताए । ‘कृषकको खेत तयारी, बीउबीजन, अन्न भण्डारण र बिक्री वितरणको सम्पूर्ण व्यवस्था कार्यक्रमअन्तर्गत मिलाइने भएकाले कर्जा लिने कृषकलाई ब्याज र कर्जा चुक्ता गर्नसमेत समस्या आउँदैन’ बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराम वज्राचार्यको भनाइ थियो । ग्लोबल बैंक लिमिटेडले बाँके र बर्दिया जिल्लाका कृषकका लागि कृषि कर्जा कार्यक्रम सञ्चालनमा ल्याएको छ । बैंकले केएल दुगड ग्रुपसंगको सहकार्यमा ती दुई जिल्लाका कृषकलाई बिमासहितको कर्जा प्रवाह गर्ने जनाएको छ । बैंक, दुगड ग्रुप र कृषकको त्रिपक्षीय समझदारीमा लगानी गरिने कृषि कर्जा कार्यक्रमअन्तर्गत समेटिएका कृषकले उत्पादन गरेका कृषि सामग्री दुगड ग्रुपले खरिद गर्ने र सोवापतको रकम बैंकमार्फत कृषकलाई उपलब्ध गराइने व्यवस्था मिलाइएको छ ।
No comments:
Post a Comment