रुकुम, ३ साउन ।
दूधका लागि यहाँ दिनहँु लुछाचुँडी हुने गरेको छ । सदरमुकाम खलंगामा दूधको अत्यधिक माग बढिरहेकाले दूधको लुछाचुँडी भएको हो । खलंगास्थित किसान बहुउद्देश्यीय दुग्ध सहकारीले डेरी सञ्चालन गरे तापनि दूधको उस्तै हाहाकार कायमै छ । उक्त डेरीमा दैनिक सत्तरी लिटर दूध संकलन भएतापनि बजारमा माग भने चार सय लिटर दूधको रहेको डेरीले जनाएको छ । वर्षातको समय हुँदासम्म पनि डेरीमा दूध संकलन हुन सकेको छैन ।
बजारमा दूधको अभाव बढ्दै गएपछि दूध र दही लिनका लागि दिनहँु खलंगास्थित डेरीमा बाक्लो लाइन लाग्ने गरेको छ । दूध र दहीका लागि दैनिक डेढ सय सर्वसाधारण लाइन लागेतापनि करिब १ सय जनाले मात्र दूध र दही पाउने गरेका छन् । अरू बाँकी सबै रित्तो हात फर्किने गरेका छन् । डेरीले दूध खरिद गरी बिक्री–वितरण गर्ने गरेतापनि पर्याप्त मात्रामा दूध संकलन हुन सकेको छैन । यसले गर्दा केही सर्वसाधारण दूध नपाई रित्तोहात घर जाने गरेका छन् । दूधका लागि यहाँ दिनहँु लुछाचुँडी हुने गरेको छ । सदरमुकाम खलंगामा दूधको अत्यधिक माग बढिरहेकाले दूधको लुछाचुँडी भएको हो । खलंगास्थित किसान बहुउद्देश्यीय दुग्ध सहकारीले डेरी सञ्चालन गरे तापनि दूधको उस्तै हाहाकार कायमै छ । उक्त डेरीमा दैनिक सत्तरी लिटर दूध संकलन भएतापनि बजारमा माग भने चार सय लिटर दूधको रहेको डेरीले जनाएको छ । वर्षातको समय हुँदासम्म पनि डेरीमा दूध संकलन हुन सकेको छैन ।
एकाबिहानै दूधका लागि लाइन लागेका खलंगा बजारका लोकेन्द्र केसी दूध नपाएपछि मलिन अनुहारमा घर फर्के । दूध नपाउँदा आफूलाई नरमाइलो लागेको केसी बताउँछन् । गाउँका कृषकले बजारमा छुट्टै पानी हालेर बेच्नु, थोरै दूध हुनाले बजारमा नल्याउनु, डेरीमा ल्याक्टो गरिने, पछाडिको पुस्ताले गाईभंैसी नपाल्नु, गाउँगाउँबाट ढुवानीको व्यवस्था नहुनु, भएका भैंसीलाई मासुका लागि बध गर्नु आदि कारणले डेरीमा पर्याप्त मात्रामा दूध नआएको डेरीका व्यवस्थापक होमबहादुर बोहरा बताउँछन् ।
कृषकलाई मिल्क क्यान वितरण, राम्रो दूध ल्याउने र बढी दूध बढी ल्याउनेलाई पुरस्कार वितरण गरे तापनि दूधको आपूर्तिमा कुनै फरक नपरेको व्यवस्थापक बोहरा बताउँछन् । कृषकले उत्पादन गरेको दूध जति भए पनि डेरीले खरिद गर्ने गरेतापनि कृषकले डेरीमा नल्याई बाहिर बाहिरै बजारमा बेच्ने गरेकाले पनि डेरीमा दूध संकलन हुन नसकेको बोहरा भन्छन् । कृषकले बाहिर बाहिरै बजारम बिक्री वितरण गरेतापनि दूधको माग भने घट्नाको सट्टा दिन प्रतिदिन बढिरहेको बोहराले बताए ।
दूधको माग पूर्ति गर्ने नयाँनयाँ जुक्ति ल्याइए पनि कृषकले डेरीमा दूध नल्याएपछि योजना त्यसै थन्किएका छन् । दूधका लागि दिनहँु डेरीमा सर्वसाधारण लाइनमा बस्नु परेपछि अब भने दूधका लागि ग्राहक कार्ड वितरण गरिने भएको छ । यही भदौ महिनादेखि लागू हुनेगरी ग्राहक सुविधा कार्ड वितरण गरिने डेरी व्यवस्थापक बोहराले जनाए ।
उक्त ग्राहक सुविधा कार्डअनुसार दूध नियमित लिने ग्राहकले सेयर किन्नुपर्नेछ ।
No comments:
Post a Comment