न्यूनतम शर्तमा सफल, सम्पादनमा असफल

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
सुर्खेत, ३ साउन ।
    जिविस सुर्खेत स्थानीय विकास मन्त्रालयको वित्तीय आयोगको तथ्यांकमा न्यूनतम शर्त मापनमा उत्तीर्ण भएपनि कार्य सम्पादन मूल्यांकनमा भने असफल भएको छ । आयोगले दुवै मापदण्डलाई एकै आधारमा राख्दा सुर्खेत असफलमा परेको छ । सुर्खेतको कूल प्राप्तांक ५० रहेको छ । न्यूनतम शर्त मापनमा उत्तीर्ण भएपनि कार्यसम्पादन मूल्यांकनमा असफल भएपछि जिविसले पाउने भनेको २० प्रतिशत थप अनुदान कटौती हुनेभएको छ ।
कार्य सम्पादनमा असफल भई थप अनुदान कटौती भएको यो पहिलो पटक हो । जिविसले मंगलवार उपलव्ध गराएको सूचनामा सुर्खेतको जिविस मूल्यांकनमा सफल भइ ५३ अंक प्राप्त गर्न सफल भएको जनाएको थियो ।
    न्यूनतम शर्त मापनमा सफल भएपनि कार्यसम्पादनमा मूल्यांकनमा असफल भएपछि दुवै तथ्यांकमा आयोगले असफल मान्ने गरेको छ । यस सम्वन्धमा सुर्खेतका स्थानीय विकास अधिकारी हिरालाल रेग्मीसंग सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।

No comments:

Post a Comment